मैदानको बहखोर बजार सफा राख्न सरसफाइ समिति गठन

मैदानमा
प्रेमनारायण आचार्य 
मैदान, अर्घाखाँची २१ असोज । अर्घाखाँचीको पाणिनि गाँउपालिका मैदानमा रहेको व्यपारिक केन्द्र बहखोरमा आज बृहत सरसफाइ गरि बहखोर बजार सुधार समितिको गठन गरिएको छ । 
पाणिनि गाँउपालिकाका वडा अध्यक्ष जीवलाल घिमिरेको प्रमुख आतिथ्यातामा सम्पन्न कार्यक्रममा हेपो इन्चार्ज जगदिस घिमिरे, वडानागरिक मञ्चका संयोजक टोपलाल भटराइ, एमालेका उपाध्यक्ष हरी भटराइ, जालकाडा आमा समुहको सचिव माया सुनार लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । 
सरसफाइ कार्यक्रम पछि बहखोर वजार क्षेत्रलाइ सफा र स्वच्छ क्षेत्र वनाउनकालागि नारायण घिमिरेको अध्यक्षतामा ९ वजार सुधार समितिको गठन गरिएको छ । जस्को उपाध्यक्ष  शसिला सुनार, सचिव घनश्याम घिमिरे, र सदस्यहरुमा मित्रदेव घिमिरे, मुक्ति घिमिरे, भिमा भटराइ, हरी भटराइ, राजेन्द्र सुनार, यादव सनार रहेका छन । 
कार्यक्रममा फण्डबोर्ड कार्यक्रम अन्तर्गत लुम्विनी सामाजिक विकास केन्द्रका सरसफाइ उत्प्रेरक विमला खनाल र हिमालय घिमिरेले सरसफाइको महत्व र पुर्ण सरसफाइका सुचकको वारेमा जानकारी गराउनु भएको थियो ।

अन्य समाचारहरु