प्रेम खड्का
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बाघ मार्न तथा नियन्त्रण गर्न लागि चितवनबाट आएको राष्ट्रिय निकुञ्जको विज्ञ सहित नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा खोजी कार्य जारी राखेको छ । रातको समयमा पनि बाघको खोजी कार्य जारी राखिने भएको छ ।
आज शनिबार ढिकुराको टोडेहार लगायतका जंगलमा बाघ खोज्न परिचालन भएता पनि फेला पर्न सकिएन । साथै आज राती नेपाली सेना, नेपाल प्रहरी, स्थानियबासीको टिमले २,३ बाख्रा राखी एम्बुस थापेर बसेका छन् । फरक फरक स्थानमा १५, २० जनाको टोलीले बाख्रा राख्ने, बाख्रा खाने आएको बेलामा त्यही सुट गर्ने योजना बनाएको छ ।
आज बाघ खोजी कार्यमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका उच्च अधिकारी, सन्धिखर्क नगरपालिकाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । अब कुनै पनि हालतमा बाघलाई मार्न र नियन्त्रण गर्न प्रहरी पछाडि नपर्ने डिएस्पी एक नारायण कोईराला बताए।
बाघ आतंक बढ्दै गएपछि र दर्जन बालबालिकाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला बन कार्यालयकाे पहलमा बाघ मार्न तथा नियन्त्रण गर्न चितवनबाट राष्ट्रिय निकुञ्जको विशेषज्ञको ४ जना टोली हिजो शुक्रबार सन्धिखर्क आईपुगेको थियो ।
पछिल्लो पटक आश्विन १६ गते सोमबार सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षिया छोरी प्रशन्ना नेपालीलाई बाघले खाएपछि पुन: सेना प्रहरी सन्धिखर्कको बेहोरेको जंगल, कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा परिचालन भएका थिए ।
बाघ मार्नका लागि ३० आर्मी र ३० प्रहरी गरि ६० जनाको टोली जंगल क्षेत्रमा परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट चितुवा मार्न टोली परिचालन भएका हुन् ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । यस पटक प्रहरी प्रशासनले पुन: बढी सकृयता देखाएको छ । यस अघि पनि गत भाद्र २७, मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएकोपछि २,३ दिन सेना, प्रहरी परिचालन गरियता पनि केही उपलब्धी हुन सकेको थिएन ।
पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै आश्विन ११, बुधवार बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको थियो ।
अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् । पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ । बाघले वर्षेनी बालबालिकाको ज्यान लिन थालेपछि यस क्षेत्रका नागरिक चिन्तित बनेका छन् । बालबालिकाहरु त्रासमा छन् । उनीहरुल स्कुल जान पनि डराइरहेका छन् । स्थानीय जगंल क्षेत्रमा घास दाउरा गर्न र गाइवाख्रा चराउन लैजान पनि डराइरहेका छन् ।
बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासन बाघ मार्नका लागि बिशेष प्रहरी, सेना भदौको अन्त्य तिर २,३ दिन परिचालन गरेको थियो ।
जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।
यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।
०७० भदौ १७ मा भुमिकास्थान नगरपालिका ८ का ३ वर्षिय बालक नारायण नेपाली, ०७० कार्तिकमा भुमिकास्थान ८ कै ६ वर्षिय उमेश नेपाली, ०७१ वैशाख ४ गते सन्धिखर्क ८ किमडाँडाका डेढ वर्षिय बालक युवराज मरासिनी, ०७१ जेठ २२ गते सन्धिखर्क नगरपालिका २ कुर का छ वर्षिय बालक शुसिल आचार्यको ज्यान लिएको थियो । ०७१ भदौ १९ गते सन्धिखर्क नगरपालिका ८ की १० वर्षिया बालिका सुजता विक, ०७१ मंसिर २६ गते सन्धिखर्क ८ का तिन वर्षिय बालक सुमन नेपालीको ज्यान लिएको थियो । यस्तै ०७३ वैशाख २९ गते भुमिकास्थान ८ नुवाकोटका ढाइ वर्षिय बालक आरम्भ गैरे को ज्यान लियो । ०७३ भदौमा सन्धिखर्कको खाँचीकोटमा ८ वर्षिया बालिका अस्मिता मुखिया र ५ वर्षिया ललिता विकको ज्यान लिएको थियो । यो बीचमा पाँच जना बालबालिका बाघको आक्रमणबाट घाइते भएका छन् ।
अर्घाखाँची जिल्लामा हालसम्म बाघको आक्रमण र मृत्युहुनेको विवरण यस्तो छ:-