छत्रदेव गाउपालिकाका ८ वटै वार्डमा नि:शुल्क स्वास्थ्य परिक्षण तथा अौषधी वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

मधुसुधन पाण्डे 
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिकाका ८ वटै वडामा आज सामाजिक सुरक्षा भत्ताको साथै निशुल्क स्वास्थ्य परिक्षण तथा अौषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । 
छत्रदेव गाउपालिकाका प्रमुख लेखनाथ पोखरेलको विशेष पहल तथा ८ वटै वडाका अध्यक्षको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।सामाजिक सुरक्षा भत्ता लिन तथा निशुल्क स्वास्थ्य परिक्षण हुने र अौषधि वितरण गरिने भएपछि बृद्दबृद्दा अशक्त तथा दलित बालबालिकालाई भ्याईनभ्याई थियो।
अशक्त बृद्धबृद्धा भने सकिनसकि केन्द्रमा पुगेका थिए।संचारकर्मि मधुसुधन पाण्डेसंग कुरा गर्दै एक बृद्ध महिलाले भनिन पहिले पहिले त घरमा भत्ता पुर्याउछु भन्थे तर आज दुख दिएर गाविसमा पुर्याए,यसअघि टोलटोलमा आएर सामाजिक सुरक्षा भत्ता दिदा निकै सजिलो हुन्थ्यो आज यो घाममा धुलो खादै आउदा निकै गार्‍हो भयो।सामाजिक सुरक्षा भता के गर्नुहुन्छ भन्ने पाण्डेको प्रश्नमा जवाफ दिदै उनले भनिन घरमा छोराबुहारीले पैसा नदिए पनि आफुलाई मन लाग्ने समान किन्छु छोरी आउदा अलिकति भएपनि दक्षिणा दिन्छु उहाले भन्नुभयो । उहाँ जस्तै थुप्रै अशक्त बृद्दबृद्दा चर्को घाममा सामाजिक सुरक्षा भत्ता लिन र स्वास्थ्य परिक्षण गराउन आउनेको घुईचो नै देखिएको थियो।
आज दिनभरि धेरै मानिसले सामाजिक सुरक्षा भत्ता लिनुका साथै स्वास्थ्य परिक्षण गराएको छत्रदेव ७ का वडाअध्यक्ष शोभाखर पाण्डेले जानकारी दिनुभयो ।

अन्य समाचारहरु