विनोद गैरे
नुवाकोट, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाको आयोजनामा नगरको वडा नं. ७ स्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा संचालीत वार्ड स्तरीय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रेशम बहादुर थापाले खेलकुदको विकास पनि नगरपालिकाको विकासको एक अंस भएको हुँदा खेककुदको विकास गर्नुपर्नेमा जोड दिदै भुमिकास्थानमा अव नियमित रुपमा विभिन्न खेलकुदहरुको आयोजना गर्दै दक्ष र कुसल खेलाडी उत्पादनमा गर्दै जिल्ला हुदै राष्ट्रिय स्तरमा खेलजगतमा भुमिकास्थानको नाम अग्रपंतिमा राख्न कुनै कसुर वाँकी नराख्ने धारणा राख्दै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख खडानन्द वेल्वासे, कार्यकारी अधिकृत रुद्रलाल भुसाल, लेखा अभिकृत नविन श्रेष्ठ, वडा अध्यक्ष तथा सदस्यहरु साथै स्थानीयहरुको वाक्लो उपस्थिती रहेको थियो ।
नगरपालिका अन्त्र्रगतको वडा नम्वर ३ वाहेक ९ वटा वडाहरु सहभागी रहेको उक्त भलिवल प्रतियोगितामा भुमिकास्थान नगरपालिका वडा नं. ४ को समुहले ले वडा नं.–२ को समुहलाई लाई पराजित गर्दै प्रथम स्थान, वडा नं. २ को समुहले वडा नं.६को समुहलाई पराजित गर्दै द्वितीय स्थान र वडा नं.६को समुहले वडा नं. १०को समुहलाई पराजित गर्दै तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगिता सम्पन्न पश्चात आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रथम हुने समुहलाई नगद रु. १५,००० र प्रमाण पत्र , द्वितीय हुने समुहलाई नगद रु. १०,००० र प्रमाण पत्र र तृतिय हुने समुहलाई नगद रु. ५,००० र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं. ४ को समुह अन्र्तगतका हरि बहादुर आलेलाई उत्कृष्ट खेलडी चयन गर्दै प्रमाण पत्र र नगद रु. १,००० त्यस्तै वडा नं. १० को समुह अन्र्तगतका जिवन वि.क लाई अनुसासित खेलाडी चयन गर्दै प्रमाण पत्र र नगद रु. १, ००० पुरस्कार प्रदान गरिएको थियो ।
नुवाकोट माध्यमिक विद्यालय चिदिचौर