मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता, प्रहरीले जंगलमा खोज्दै

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं  ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराई  सन्धिखर्कबाट बेपत्ता भएका छन् ।
लक्ष्मण भट्टराई र हुमकला भट्टराईको साइलो छोरा हरिप्रसाद भट्टराई गत असोज २२ गते आइतबार दिउसो १२:३० – ०१ बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका हुन् ।
३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका छन् । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि हुन् । साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।
गत आइतबार बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए । सोही दिनको दिउँसो १२:३० बजेदेखि मोबाइल अफ रहेको छ ।
उता घर आफन्तले सन्धिखर्क बजार आएको व्यक्ति एक्कासी हराएपछि खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
प्रहरीले जंगलमा खोज्दै
हरिप्रसाद भट्टराई ४ दिन सम्म पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालयले खोजी कार्यलाई तिव्र पारेको छ । प्रहरीले सन्धिखर्क नजिकका जंगल, सम्बन्धित सिमा नाकाहरुमा खोज तलास शुरु गरेको डिस्स्पी एकनारायण कोईरालाले बताए ।
प्रहरीले अब जंगल क्षेत्र लगायतमा खोजी कार्य तिव्र पर्ने बताएको छ ।
उता हरिप्रसाद भट्टराई लामी समय संपर्कमा नआउदा आफन्तले चिन्ता व्यक्त गरेका छन् । हरिकी श्रीमती, आमाबाबु, दाजुभाई सन्धिखर्कमा खोजिदिन सबैलाई अनुरोध गरेका छन् ।

अन्य समाचारहरु