प्रसिद्ध मन्दिर अर्घा भगवती देबि मन्दिरको एतिहासिक चिनारी सार्वजनिक (भिडियो, तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ मा रहेको जिल्लाकै प्रसिद्ध मन्दिर अर्घा भगवती देबि मन्दिरको एतिहासिक चिनारी सार्वजनिक भएको छ । अर्घा चिनारी भिडियोलाई  अविरल फिल्म्स प्रा.लि. ले यूट्यूबमा सार्वजनिक गरेको छ । 
सन्धिखर्क नगरपालिका वार्ड न १०- अर्घा बेल्टारिमा जन्मेका तर हाल रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत रहनुहुने एक समाजसेवी युवा युवराज थपाले आफ्नो ब्याक्तिगत लगानी र आफुनै निर्माता, निर्देशनमा अर्घाखाँचीमा रहेका विभिन्न धार्मिक तथा एतिहासिक पर्यटक स्थलहरुलाइ देश बिदेश सम्म चिर परिचित गराउन र पर्यटकिय हिसाबले अर्घाखाँची जिल्ला पनि नेपालको एक पर्यट्किय जिल्ला भयेको नाताले अझै अर्घाखाँची जिल्ला लगायत अर्घा भगवती मन्दिरलाई राज्यमा नै चिर परिचित पारी लुम्बिनी र सुपा देउराली मा आउने स्वदेशि तथा बिदेशी पर्यटकहरुलाई अर्घा भगवती देबिको मन्दिरमा आकर्षित र भित्र्याउनको लागि येस एतिहासिक सराय नाचको चिनारी भिडियो निर्माण गरेका हुन ।
उनले यस अघि पोर साल पनि अर्घाखाँची जिल्लालाई पश्चिमाञ्चलकै  प्रशिद्द   पर्यटकयि स्थलमा परिवर्तन गर्नको लागि अर्घाखाँचीका विभिन्न   स्थानमा रहेका हरेक धार्मिक एतिहासिक पर्यटकिय स्थललाइ समेटी र साथमा अर्घा भगवती देबिको छुट्टै डकुमेन्ट्री भिडियो निर्माण गरेका थिए !
बिदेशमा रहेर पनि येति सारो जिल्ला  र आफ्नो गाउँ समाजको उन्नति र प्रगतिको लागि सदैब उनले येस्ता कदम चालिरहेका छ्न, युवराजले यति मात्रै होइनकि अर्घाखाँची जिल्लामा विभिन्न जगन्य रोगबाट गर्सित बर्गका पीडितहरुलाई तथा किड्नी फेलरहरुलाई बिगत ३ साल देखि  पीडितहरुको लागि सेवा नै हाम्रो धर्म हो भन्ने अभियान चलाएर आर्थिक सहयोग प्रधान गरि कयौं पिडितहरुको ज्यान जोगाउनमा महत्त्वपूर्ण भुमिका निभाएका छ्न ।
उहाको भनाइ अनुसार आफ्नो एक चुम्की सास रहुन्जेल आफ्नो देश, आफ्नो गाउँ समाजको बिकास, उन्नति र प्रगतिको लागि कदपी एक पाइला पछाडि न हटन् हुँदैन ।

अन्य समाचारहरु