अर्जुन खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एवाईसी अन्तर पालिका स्तरीय प्रथम रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ ।
अर्घाखाँची युवा परिषद्को आयोजनामा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्माले एक समारोहका बिच उदघाटन गरेका थिए ।
प्रतियोगितामा जिल्लाका सन्धिखर्क सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका समुहको सहभागीता रहेको छ ।
अर्घाखाँची जिल्लाकै इतिहांसमा ठुलो राशीको पुरस्कार रहेको भलिबल प्रतियोगिता आयोजना गर्दै आएको युवा परिषदले लगातार तिन पटक सम्म प्रथम हुने टिमलाई रनिङ्ग शिल्ड सहित नगद रु एक लाख,प्रत्येक बर्ष प्रथम हुनेलाई नगद रु पचास हजार, द्धितिय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
अन्तर पालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको पहिलो खेल छ्त्रदेब र पणिनि गाउँपालिका बिच हुदा खेल न. १ २५/११ खेल न. २५/१७ मा पाणिनी गाउँपालिका बिजयी भएका थिए । यस्तै अन्य चरणका खेल विवरण यस्तो छ ।
दोस्रो खेल
सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका बिच हुदा
१ मा २५/२० भुमिकास्थान बिजयी
२ मा २५/२३ भुमिकास्थान बिजयी
तेस्रो खेल
मालारानी गाउँपालिका र पाणिनी गाउँपालिका
१ मा २५/१८ पाणिनी बिजयी
२ मा २५/२२ मालारानी बिजयी
३ मा २५/१९ पाणिनी बिजयी
चौथो खेल
सन्धिखर्क र शितगंगा नगरपालिका
१ मा २६/२४ शितगङगा बिजयी
२ मा २५/१९ शितगंगा बिजयी