धातिवाङ्गमा बुहारीले दिईन सासु आमाको दागवत्ती


घनश्याम पौडेल हिन्दुखबर
धातिवाङ्ग, अर्घाखाँची ।  नेपाली समाजमा महिलाले दागवत्ती दिन हुदैँन, क्रिया बस्न हुदैँन भन्ने परम्परा रहीँ आएको छ, यो नेपाली समाजको भनाई अर्घाखाँचीकी एक महिलाले महिला र पुरुष एउटै हो भनी उनले आफनी सासुआमाको दागवत्ती दिएकी छन ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ धातिवाङ्गकी देवकला घर्तीले सासुआमा दुरपता घर्तीको दागवत्ती दिएकी हुन । हिन्दु परम्परा अनुसार गुल्मी, पाल्पा र स्याङजाको संगम स्थल रिडीमा उनले सासु आमाको बुधबार दागवत्ती दिएकी हुन ।
देवकलाले २०५९ सालमा श्रीमान गुमाएकी थिईन, उनको सासुआमालाई प्यारालाईसीस भएर ६७ वर्षको उमेरमा मृत्यु भएको धातिवाङ्ग स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेलले बताए । उनको मृत्यु भएसँगै दागवत्ती दिन कसैलाई खोज्नु पर्दैन, महिलाले दागवत्ती दिदैमा के फरक पर्छ र भनेर देवकलाले आफै दागवत्ती दिईन ।
आफनो श्रीमान गुमाएकी देवकलाले क्रिया बस्दा भएर घर नभएर नातागोतालाई खोज्नु चलन छ, आफु हुदाँ हुदैँ कोही नातागोतालाई खोज्नु पर्दैन बुहारीले पनी दागवत्ती दिन हुन्छ, भनी दागबत्ती दिएको र अव क्रिया पनी आफै बस्ने बताईन । अर्घाखाँचीमा महिलाले मृत्यु भएको मान्छेको शवलाई छुन नहुने, मलाम जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भए पनि सो कुराको अन्त्य गदैं महिलाहरु पनी पुरुषसरह हो भनी महिलाहरु नै धेरै अगाडी बढ्न लागीसकेको मित्रदेवले बताए ।
पुरानो रुढीवादी परम्परालाई तोड्दै बुहारीले सासुआमाको दागवत्ती दिएपछी रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास अधिकांश स्थानीयले लिएको छ ।  दुरपताको श्रीमान पनी थिएनन, उनी धेरै वर्ष पहिला वेपत्ता भएका थिए । यो महिलाले दागवत्ती दिएको कार्य धातिवाङ्ग मात्र नभएर जिल्लामै पहिलो भएको धातिवाङ्ग बासीँले बताएका छन । हिन्दुखबरमा घनश्याम पौडेलले लेखेको समाचार छ । 

अन्य समाचारहरु