भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको ज्यान गएको छ ।
३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका भियतनाम अधिकारीहरुले बताएका छन् ।
टुओइ ट्रे पत्रिकाले जनाएअनुसार भियतनामको मध्य क्षेत्रमा रहेको एक पुल भत्कंदा समाचार संकलनका लागि खटिएका भियतनाम समाचार संस्थाका स्थानीय सन्चारकर्मीहरु समेत परेकोे छ ।
एक स्थानीय वासिन्दा येन बाइले टुओइ ट्रे पत्रिकालाई आफ्नै आँखा अगाडी छोरालाई बगाउँदा उद्दार गर्न नसकेको बताए ।
उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । बाढी पहिरोका कारण बिद्यालय र कलेजहरु बन्द गरिएका छन् भने बिजुली आपूर्ती बन्द हुँदा हजारौं सर्वसाधारण अध्याँरोमा बस्न बाध्य भएको बीबीसीले उल्लेख गरेको छ ।