धनचौरमा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, अनुगमन समिति र कार्य दल गठन

प्रेम नारायण आचार्य 
धनचौर, अर्घाखाँची ।  भुमिकास्थान नगरपालिका वडा नं १० धनचौरमा बुधबार वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, अनुगमन समिति र कार्य दल गठन भएको छ । 
वडामा पुर्ण सरसफाइ अभियानको नेतृत्व गरी अर्घाखाँची जिल्लालाई सन २०२० सम्ममा सफा र स्वच्छ बनाउने लक्ष्य हाशिल गर्ने मार्गमा योगदान पुर्याउन वडा अध्यक्ष नै अध्यक्ष रहने, वडा सचिव सदस्य सचिव रहने, निर्वाचित सदस्यहरु सदस्य रहने र अन्य विभिन्न सरोकारवाला निकायहरु र समाजसेवीहरु सदस्य रहने गरी २९ जनाको वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति,  प्रेमलाल शर्मा संयोजक भएको ७ सदस्सिय अनुगमन समिति र तुल्सीराम पोखरेल संयोजक रहने गरी ५ सदस्यिय कार्य दल गठन भएको हो । 
यु एन हेविटाट-प्रागको सहजीकरण सहयोगमा वडा कार्यालयद्धारा आयोजित समिति गठन कार्यक्रमको सहजीकरण प्रागका कार्यक्रम संयोजक भविश्वर पौडेल र वास अफिसर श्यामसुन्दर ढुंगानाले गर्नु भएको थियो । हे.पो. इन्जार्च शिबप्रकाश जिशिले कार्यक्रम सन्चालन गर्नुभएको सो कार्यक्रममा वडा सचिव तुल्सीराम पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो । ४० जनाको सहभागितामा जनजागृती माविमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खगीश्वर पन्थीले सफा र स्वच्छ पुर्ण सरसफाइ उन्मुख वडा बनाउन सबैजना मिलेर अगाडी बढ्नु पर्ने धारणा राख्दै सहजीकरण तथा सहयोग गर्ने निकायहरुलाई धन्यवाद दिदैं कार्यक्रम समापन गर्नु भएको थियो । 
यसैगरी छोटो अवधीमा पुत्केलाई सफा र स्वच्छ नमुना बस्तीको रुपमा विकास गर्ने गरी सरसफाइ व्यवस्थापन समिति, अनुगमन समिति गठन कार्य भईसकेको सन्दर्भमा बिहीबार पुर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा सचेतीकरण तालिम सन्चालन भएको छ । देउराली सरसफाइ व्यवस्थापन समिति, सल्लाहाकार, अनुगमन समिति र अन्य उपभोक्ता गरी ४८ जनाको सहभागिता रहेको सो तालिमको सहजीकरण भविश्वर पौडेल र श्यामसुन्दर ढुंगानाले गर्नु भएको थियो । सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष एवं दलित महिला वडा सदस्य हरिकला नेपालीको अध्यक्षमा आयोजित सो कार्यक्रममा वडा सचिव तुल्सीराम पोखरेलले दैनिक जीवनमा सफा,स्वस्थ र सभ्य रहन सरसफाइको महत्वपुर्ण स्थान रहेको छ भन्ने सम्बन्धमा मन्तब्य व्यक्त गर्नु भएको थियो ।
 तालिमका क्रममा सहभागीहरुले कार्तिक दोस्रो हप्ताभित्रमा घरघरमा चाङ बनाउने, जुठेल्ना बनाउने, टोल सरसफाइ गर्ने लगायतका कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन् । 

अन्य समाचारहरु