अन्जना खनाल
खन अर्घाखाँची । “जालकाँडा हाम्रो पहिचान , समग्र सस्कृतिको विकास हाम्रो अभियान” भन्ने मुल नाराका साथ एक्टिभ एन्ड क्रिएक्टिभ समुह खनको आयोजनामा दशै विशेष विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
मालारानी ४ का वार्ड अध्यक्ष बिष्णु प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बहुचर्चित राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार , पुर्णकलावि.सि , कमल सौराग , जीवन परियार ,मोहित विश्वकर्मा , कमल वि.क, एकराज थापा , आर्यान पौडेल ,सागर खनाल , कृष्ण सापकोटा ,मोहन सुनर , विनोद खनाल र दिपा वि.क लगायत स्थानीय स्तरका कलाकारले
दर्शकहरुलाइ छमछमी नचाएका थिए ।
करिब एक हजार जना दर्शकले उक्त कार्यक्रम अबलोकन गरेका थिए। कार्यक्रम समग्र खनको सास्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थानीय प्रतिभालाइ उजागरण गर्दै रास्ट्रीय कलाकारको आगमनमा जालकाडा खनको पहिचान स्थापित गराउदै सास्कृतिक संरक्षणमा युवा पुस्ताको उल्लेखनिय भुमिका हुनुपर्छ । सास्कृतिक संगै खन अनि समग्र जिल्ला र रास्ट्र बिकासमा मालारानी ४ को युवाहरु सक्रिय तथा सृजनशिल तरिकाले अगाडी बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहजकर्ता तथा उदघोषक दिनेश सुनारले जानकारी दिनुभयो ।
सुनारले भन्नुभयो कार्यक्रम करिब १,६००००को खर्च मा सम्पन्न भएको छ उक्त रकम जुट्नुमा प्रमुख सहयोगिको रुपमा भुमिका खेल्नुभएको छ सुर्य वि क (पर्यासी) हाल दक्षिण कोरिया र युवराज थापा अर्घा बेलटारिबाट साथै कार्यक्रमको लागि देश विदेश मा रहने सुबेच्छुकहरुको सकारात्मक सहयोग रहेको बताउनु भयो।
कार्यक्रम सफल बनाउन आयोजक सदस्यहरु झबिलाल बि.क,माधव खनाल,किशान बि क,अनि राजन बि.क को उल्लेखनीय सहयोग रहेको जनाइएको छ । जालकाण्डा म्युजिक प्रा.लि को प्रयोजनामा सन्चालित कार्यक्रममा पबन वि.क को अध्यक्षता र दिनेश सुनारको सन्चालनमा सम्पन्न भएको थियो ।