कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि महिलाहरु उत्साहित

कमला पोख्रेल 
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट आगामी मङ्सिर २१ गते हुन गइरहेको निर्वाचनमा प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि जिल्लाका महिलाहरु उत्साहित भएका छन् । कांग्रेस अर्घाखाँचीले प्रत्यक्ष एक मात्र महिला उम्मेदवार कमलालाई सिफारिस गरेको हो ।
लामो समय शिक्षण पेशामा लागेकी कमलाले गत स्थानिय निर्वाचनको लागि भन्दै शिक्षक पेशाबाट राजिनामा दिएकी थिईन् । कमलालाई स्थानिय निर्वाचनमा केन्द्रबाट सन्धिखर्क नगरपालिकाको उप-मेयरको उम्मेदवारको रुपमा सिफारिस गरेता पनि माओवादी केन्द्र र कांग्रेसको तालमेलपछि उम्मेदवारी फिर्ता लिएकी थिईन् ।  
जिल्लाका अन्य राजनीतिक दलहरुले प्रदेश सभाका लागि प्रत्यक्षमा महिलाको नाम सिफारिस नगरेकोले कमलाको सम्भावना बलियो रहेको चर्चा गरेको देखिन्छ । 
उता जिल्लामा अहिले सम्म नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारको नाम केन्द्रमा रिफारिस गरेता पनि माओवादी केन्द्रले अहिले सम्म सिफारिस गर्न सकेको छैन् । 

अन्य समाचारहरु