प्रेमनारायण आचार्य
अर्घाखाँची २९ असोज । तिहारको बेला जथाभावी पटका पड्काउदै जनताहरुलाई आतकित पारेको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलिले पटका बिक्री गर्ने र किनेर पडकाउने पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
उनिहरुलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । तिहारको बेला जथाभावी पटका पड्काउने पटका बेचबिखन गर्ने जो कोहिलाई नछोडिने र त्यस्ता ब्यक्ति हरुलाई सार्वजनिक मुद्दा चलाउने प्रहरीले बताएको छ ।
प्रहरिले यस्ता खालका गतिविधिमा नलाग्न पटका बेचबिखन नगर्न जुवा तास नखेल्न भन्दै पटक पटक सार्वजनिक सुचना जारी गरिरहेको प्रहरी निरिक्षक प्रदिप कुमार डिसिले जानकारी दिनुभयो ।