बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न

गोपाल प्रसाद भट्टराई
फलामखिल्ली,अर्घाखाँची ।  हाम्रा हातहरु, हाम्रै भबिश्य भन्ने मुल नाराका साथ असौज २९ गते बिश्व हात धुने दिवस अर्घाखाँची जिल्लाभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । जस अन्तरगत हात धुने दिवसको अबसरमा भुमिकास्थान-४ धारापानी फलामखिल्लीमा -याली तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । 
त्यस क्षेत्रका शिक्षक,बिद्यार्थी,कर्मचारी,स्थानिय सरोकारवाला लगायतको उल्लेख्य सहभागितामा हात धुने दिवससंग सम्बन्धित ब्यानर,पोष्टर तथा प्यलेकार्ड सहित निकालिएको -यालिमा खाना खानु अगाडि साबुन पानीले हात धोऔं,सफा रहऔं,स्वस्थ बनौं,घर-घरमा हात धुने स्थान बनाऔं,प्लाष्टिक बाल्न बन्द गरौं लगायतका नाराहरु लगाइएको थियो ।¥याली पछि आयोजित प्रबचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै यु.एन.ह्याबिटेट अर्घाखाँची जिल्ला संयोजक बिष्णु दवाडीले यो दिवस मनाउनुको कारण,हात धुनुपर्ने ६ अबस्था र ६ वटा चरणको बारेमा सैद्धान्तिक ब्रिफिङ्ग गर्नुभएको थियो ।
यस्तै कार्यक्रमका अतिथि प्राग अर्घाखाँचीका वास अफिसर श्याम सुन्दर ढुङ्गानाले हात धुने तरिका र सरसफाइंका ब्यबहारिक पक्षमा प्रशिक्षण दिनुभएको बताइएको छ ।यसैबिच दिवसकै अबसरमा भुमिकास्थान ३ धारापानीमा अभिमुखिकरण गोष्ठी तथा बैठक सम्पन्न भएको छ ।वडा-वडामा पुर्ण सरसफाइ अभियानको नेतृत्व गरी सन २०२० सम्ममा अर्घाखाँची जिल्लालाई सफा र स्वच्छ बनाउने लक्ष्यका साथ यतिबेला समन्वय समितिले सरसफाई अभियानलाई तिब्र पारेको हो । जस अन्तरगत यु. एन.ह्याबिटेट,प्राग अर्घाखाँचीको सहजीकरण र वडा कार्यालयको आयोजनामा सम्पन्न भएको कार्यक्रमबाट वार्ड अध्यक्ष बालकृष्ण बञ्जाडेको अध्यक्षतामा २७ सदस्यिय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, वार्ड अध्यक्ष बञ्जाडे नै संयोजक भएको ७ सदस्सिय अनुगमन समिति र वार्ड सचिव तुल्सीराम गिरी संयोजक रहेको ५ सदस्यिय कार्यदलको गठन गरिएको छ । 
वार्ड अध्यक्ष बालकृष्ण बञ्जाडेको अध्यक्षता,वार्ड सदस्य रुमलाल पौडेलको स्वागत मन्तब्य,वार्ड सचिब तुल्सीराम गिरीको सन्चालन र प्राग अर्घाखाँचीका काकार्यक्रम संयोजक भविश्वर पौडेल,वास अफिसर श्यामसुन्दर ढुंगानाको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु नारायण प्रसाद भुसाल र मानबहादुर सुनारले मन्तव्य राख्दै सफा र स्वच्छ पुर्ण सरसफाइ उन्मुख वडा बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । यस अगाडि खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति अर्घाखाँचीको आयोजनमा भुमिकास्थान-१० धनचौरमा एक दिने अभिमुखिकरण गोष्ठी तथा वार्ड स्तरिय भेला सम्पन्न भइसकेको छ । 
भुमिकास्थान-१० धनचौरका वार्ड अध्यक्ष खगेश्वर पन्थीको अध्यक्षता,वडा सचिव तुल्सीराम पोखरेलको स्वागत मन्तब्य र हे.पो. इन्जार्च शिब प्रकाश जि.शि.को संचालनमा सम्भपन्न भएको कार्यक्रममा प्राग अर्घाखाँचीका कार्यक्रम संयोजक भबिश्वर पौडेल र वास अफिसर श्याम सुन्दर ढुंगानाले पूर्ण सरसफाईको मार्ग दर्शन २०७३ मा उल्लेखित सफा र स्वच्छताका सुचकहरु,सरसफाइ अभियानमा वार्ड स्तरिय स्वच्छता समन्वय समितिको गठन प्रक्रिया र गठित समितिले खेल्नुपर्ने भुमिकाको बारेमा प्रष्टीकरण गर्नुभएको थियो । 
भेलाले वार्ड अध्यक्ष खगेश्वर पन्थीको अध्यक्षतामा २९ सदस्यिय वार्ड स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति,प्रेमलाल शर्माको अध्यक्षतामा ७ सदस्यिय अनुगमन समिति र वडा सचिव तुल्सीराम पोख्रेलको अध्यक्षतामा ५ सदस्यिय कार्यदल को गठन गरेको यु.एन.ह्याबिटेट अर्घाखाँची जिल्ला संयोजक बिष्णु दवाडीले जानकारी दिनुभएको छ ।यता सुआहारा कार्यक्रम अन्र्तगत लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा मालारानी गाउँपालिकामा पनि हात धुने दिवस मनाईएको छ ।
 कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य,कार्यकारी अधिकृत जनकाराज पन्थी, वडा अध्यक्षहरु, हजार दिनका सुनौला आमा, विद्यार्थीहरु सवैले सामुहिक रुपमा ६ चरणमा हात धोएका थिए । कार्यक्रममा सुआहाराका विजय  शर्मा, फिल्ड सुपरभाईजर चन्द्र पाण्डे, रमा खनाल लगाएतले ६ चरणमा हात धुन सिकाउनुभएको थियो । त्यस्तै जिल्लाको छत्रदेव गाउँपालिका बल्कोटको महेन्द्र विद्यावोध माविमा पनि कक्षा ८ देखी १० सम्मका विद्यार्थी र शिक्षकहरुको सहभागितामा ६ चरणमा हात धुन सिकाएको फिल्ड सुपरभाईजर सञ्जय पाण्डेले जानकारी दिनुभयो । 
यता लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका १ पणेनाको सत्यटारी दर्शन आधारभुत विद्यालयमा पनि सरसफाई सम्बन्धी कक्षा सञ्चालन तथा हात धुने दिवस मनाईएको जनार्दन भट्टराईले जानकारी दिनुभयो । 

अन्य समाचारहरु