मधुसुधन पाण्डे
पणेना, अर्घाखाँची असोज ३० गते । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ पणेनामा पुर्ण सरसफाइ सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । साविकको पणेना ८ उपाल्लाखर्कमा अवस्थित गोरक्षनाथ आधारभूत बिद्यालयमा आज उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पुर्ण सरसफाइ सम्बन्धि कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रको सहजिकरण तथा फण्ड बोर्डको आर्थिक सहयोगमा सञ्चालित छ ।
सोमबार भएको कार्यक्रममा सहजीकरण गर्दै सपना सुर्यवंशि, कमला अली र जनार्दन भट्टराईले सरसफाइको महत्वको बारेमा बिद्यार्थीहरुलाई सहजिकरण गराएको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा बिद्यार्थीको उपस्थित रहेको थियो।