अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि

प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्क्षय उम्मेदवारमा सिफारिस जिल्लाका राजनीतिक दलका नेताहरु ।

दिपक कार्की / दुर्गा न्यौपाने
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अागामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा गाउँ-गाउँ टोल-टोलमा चुनावी चर्चा शुरु भएको छ ।
यस बर्षको दिपावली समेत चुनाब पछि परेका कारण दिपावलीको चहलपहल भन्दा चुनाबको चहलपहल बढि छ । बाहिरबाट दिपावली मनाउन गाउँमा अाएका युवाहरु समेत चुनाब सकेर अाफ्नो कर्मथलो जाने मनस्थिति बनाउन थालेका छन चुनाबको चहल पहल गाउँमा बढि छ ।
चुनाबको चहलपहलसँगै नेताहरु समेत अाफ्नो प्रचार गर्न ब्यस्त बनेका छन । दुईवटा प्रदेस सभाको सिट र एक केन्द्रीय सिट भएको अर्घाखाँचीमा मुख्य प्रतिस्पर्धा काङ्ग्रेस र एमालेको देखिएको छ । अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसबाट पार्टी सभापति युवानेता बिष्णु प्रसाद खनाल मुस्कान र नेकपा एमालेका अध्यक्ष चेतनारायण अाचार्य बिच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ । 
नेपाली कांग्रेसबाट क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधीमा सवैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएका युवानेता इन्द्रमणि पौडेल आएमा गठबन्धनका बीचँमा पनी कांग्रेसले  चुनाव जित्ने अनुमान धेरैको छ, युवा नेता पौडेल जनताको माझमा लोकप्रीय हुनुहुन्छ, उहाँले सयौ युवाहरुलाई पनी रोजगार दिनुभएको छ, पौडेल आएमा चुनाव जित्न सकीने धेरै कांग्रेसका नेता तथा कार्यकर्ताको अनुमान छ, गठबन्धनको विचँमा पौडेल नै आउँनुपर्ने भन्दै वडा सभापतीहरुले सिफारिस गरेका थिए, पौडेल टिकटका लागी विभिन्न नेताहरुको घरमा धाईरहनुभएको छ, त्यस्तै पौडेल मात्र होईन कांग्रेसका पुर्व महासमिती सदस्य हिम्मत टण्डन पनी टिकटका लागी लभिङ्ग गर्नुभएको छ, उहाँले पनी चुनाव लड्ने इच्छा व्यक्त गरी टिकटका लागी लाग्नुभएको छ ।
उता क्षेत्र नम्बर २ बाट नेपाली काङ्ग्रेसका प्रभाबशाली नेता डाक्टर जयबहादुर टन्डनको पनी चर्चा छ । डाक्टर टन्डन सिटिभिटिको डाईरेक्टर हुँदा अर्घाखाँचीमा ठुलाठुला प्राबिधिक प्रोजेक्ट भित्र्याउन सफल भएको र अर्घाखाँचीमा कृर्षि क्याम्पसहरु खोलेको सयौं युवाहरुलाई रोजगारी दिऐको कारण पनि अधिकाम्स युवाहरु डाक्टर टन्डनको पक्षमा देखिएका छन ।
डाक्टर टन्डन चुनावी मैदानमा अाए अर्घाखाँचीमा बाम गठबन्धनले कुनै असर दुई नम्बर क्षेत्रमा नपार्ने चर्चा काङ्ग्रेसी युवाहरुमा छ । उता जयबहादुर टन्डनले पनि टिकट दाबी गरेका छन । उनी काङ्ग्रेसका पुराना नेता हुन । यो क्षेत्रमा एमालेबाट रामजी प्रसाद घिमिरे चुनाबी मैदानमा छन । घिमिरे नेकपा एमालेका पुर्ब अध्यक्ष हुन ।
यस्तै प्रतिनिधि सभामा एमाले माअोबादी गठबन्धनबाट माअोबादी नेता टोपबहादुर रायमाझीले टिकट पाउने निश्चित छ भने नेपाली काङ्ग्रेसबाट डाक्टर राम बहादुर बिसी वा रेवती प्रसाद भुसालले टिकट दाबी गरेका छन उनिहरुको टिकट टुङ्गो लागेको छैन । 
साथै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आसन्न निर्बाचनमा अर्घाखाँचीका उम्मेद्धारको टुङ्गो लगाएको जनाएको छ  । जस अनुसार अर्घाखाचीबाट प्रतिनिधि सभामा शेरबहादुर वि.सी., अर्घाखाची प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा का. सागर के.सी.,अर्घाखाची प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा झविलाल थापालाई उम्मेद्धार छनोट गरेको छ । 

अन्य समाचारहरु