विक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची कार्तिक ३ गते ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा आज सम्पन्न दोश्रो एसीए क्रिकेट प्रतियोगिताको उपाधी एम्स क्रिकेट क्लवको पोल्टामा परेको छ । एम्स क्रिकेट क्लवले फाइनल खेलमा यूएसीसी अर्घा क्रिकेट क्लवलाई १७ रनले पराजित गरेको हो ।
श्वास्थ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ अर्घाखाँची सामुदायिक विकास क्लवको मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनाका सोमबार देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिता ५ दिन सम्म चलेको हो ।
त्यस्तै प्रतियोगितामा यूएसीसी अर्घा दोश्रो , गुल्मी युनाइटेड तेश्रो र फ्रेण्ड युथ कृकेट क्लव सान्त्वना भएका छन् । विजेता प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने टिमले क्रमस २५००० , १५००० , ७००० र ३००० तथा मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत उत्कृष्ट खेलेको भन्दै पुरस्कार प्रदान पनि गरीएको थियो । प्रतियोगितामा अशोक इमर्जिङ प्लेयर अफ दी टुर्नामेण्ट सुमन खड्का , फिल्डर अफ दी टुर्नामेण्ट सागर चौहान , मस्ट सक्सिेस् अफदी टुर्नामेण्ट सागर चौहान ,ब्याट्स मेन अफ दी टुर्नामेण्ट त्रीदेभ कार्की , एच डी फोटो कन्सर्न कलास प्लेयर अफ दी टुर्नामेण्ट त्रीदेभ कार्की , बलर अफ दी टुर्नामेण्ट जीवन भट्टराई , प्लेयर अफ दी टुर्नामेण्ट जीवन भट्टराई , र फेयर टिम अफ दी टर्नामेण्टमा गुल्मी क्रिकेट क्लवलाई उत्कृष्ट क्षेमता प्रदर्शन गरेको भन्दै सम्मान गरीएको क्लवका अध्यक्ष ऋषिकेश भट्टराइले जानकारी दिएका छन् ।
विजेता खेलाडीहरुलाई सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले पुरस्कार प्रदान गरेका गरे । प्रतियोगिताको उद्घाटन् सन्धिखर्क नगरपालिकाका उपप्रमुख विकले नै गरेका थिए । प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।