नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दुई दाजुभाइ मध्ये भाई राजकुमार श्रेष्ठको शब फेला पर्‍यो

 चन्द्र श्रेष्ठ  र भाई राजकुमार श्रेष्ठ (दाँया) । तस्बिर: फेसबूकबाट 

अर्घाखाँची डट्कम संवाददाता 
चितवन  (अर्घाखाँची डट्कम)। तनहुँको देबघाट गाउँपालिका-५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ देवघाटमा बाबुको श्राद्ध (वार्षिक पुण्यतिथि) का लागि नुहाउने क्रममा विहिबार दिउँसो नारायणी नदीले बगाएर बेपत्ता अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का दुई दाजुभाइ मध्येका एक २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शब परेको छ । 
शब देबघाट देखी ४० किलोमिटर तल बेल्घारी भन्ने ठाउँमा बग्दै गरेको अबस्थामा स्थानिय बेल्घारी प्रहरीचौकी स्थानिय प्रहरी र शसत्र प्रहरी सबैको पहलमा फेला परेको छ र सो सबलाई पोस्टमार्टमको लागी अहिले बुटवल अञ्चल अस्पतालमा राखिएको छ । त्यसै गरी बेपता अर्का सन्धिखर्क नगरपालिका वार्ड नम्बर १  का ३८ वर्षीय चन्द्रमानको खोजी कार्य जारी रहेको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १  का ३८ वर्षीय चन्द्र श्रेष्ठ  र २८ वर्षीय भाई राजकुमार श्रेष्ठ बिहीबार नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये चन्द्रमान श्रेष्ठ अर्घाखाँचीडट्कम प्रिन्ट संस्करणका डिजाइनर तथा प्रतिनिधि हुन्। यस्तै चन्द्रमानले सन्धिखर्कमा होटल र लवकुश इम्मोरियम कपडा पसल सञ्चालन गरेका थिए । केही महिनादेखि धरानमा व्यवसाय गर्दै आएका थिए । राजकुमार श्रेष्ठ हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५ मा (लबकुश होटेल) व्यवसाय गर्दै आएका थिए । 
एकै परिबारका चार दाजुभाइ सरात गर्न भनी देबघाट गएका थिए । उनीहरू विहिबार दिउँसो १ बजे धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन पूर्व देवघाटतर्फको नदीमा पसेपछि दाजुभाइ नै बेपत्ता भएका थिए । सँगै गएका अन्य २ दाजुभाईहरु भने शकुशल रहेका छन् ।  
चन्द्रमान श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची की साधारण सदस्य,संचारकर्मी तथा सामुदायिक रेडियो सुर्योदय एफ.एम.की समाचार प्रमुख अम्विका श्रेष्ठकाका श्रीमान हुन् ।  यसैक्रममा अर्घाखाँचीडट्कमले श्रेष्ठ दाजुभाईको घटनालाई लिएर दुःख व्यक्त गरेको छ । डट्कमका प्रमुख मेहर सिंह के.सीले एक विज्ञप्ति जारी गरि दुःख व्यक्त गरेका छन् । 
सन्धिखर्क शोकमा 
जिल्लाको सदरमुकाम सन्धिखर्क दुई दाजुभाइको घटनाले खबरले शोकमा डुबेको छ । हिजो तिहारमा आयोजना गरिएका विभिन्न संघ- संस्थाका देउसी भैलो कार्यक्रम एकाएक स्थगित गरिएता पनि आज पुन: शुचारु भएका देखिन्थ्ये ।  व्यवसायी घरानाका श्रेष्ठ दाजुभाइ बेपत्ता भएपछि सन्धिखर्क बजार सुनसान छ । 
अर्घाखाँचीमा चन्द्रमान श्रेष्ठ सामाजिक कार्य, इमान्दारी र युवा पुस्तामा परिचित थिए । उनिहरुको बेपत्ता भएको खबर सामाजिक सन्जालमा अर्घाखाँचीबासीले दु:ख व्यक्त गरिरहेका छन् । 

अन्य समाचारहरु