नारायणी नदीले बगाएर ज्यान गुमाएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाईको दाहसंस्कार गरियो

अर्घाखाँची डट्कम संवाददाता 
बुटवल (अर्घाखाँची डट्कम)। गत विहिबार नारायणी नदीले बगाएर ज्यान गुमाएका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का दुई दाजुभाइ रिडीमा दाहसंस्कार गरिएको छ ।  दाजुभाइ मध्ये दाई चन्द्रमान श्रेष्ठको आज मात्र शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो । 
सन्धिखर्क वार्ड नम्बर १ का स्व. टेक प्रसाद श्रेष्ठ र माता दयाकुमारि श्रेष्ठका छोरा चन्द्रमान श्रेष्ठ र राजकुमार श्रेष्ठको कात्तिक २ गते नारायणी नदीले  बगाएर ज्यान गएपछि अन्चल अस्पताल बुटवल प्राङगणमा नेपाली काङ्ग्रेस बुटवल उपमाहनगरपालिकाले अायोजना गरेको श्रर्दानजलि सभामा पार्टीको चारतारे झन्डा अोढाई सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले अन्तिम श्रर्दानजलि ब्यक्त गरेका थिए । 
यस्तै रुपन्देहीका नगरसभापति खेलराज पान्डे, वार्ड सभापति नारायण पुन लगायतकाले  नेताहरुले अन्तिम श्रर्दानजलि ब्यक्त गरेका थिए । 
चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको थियो । 
यस अघि भाई राजकुमार श्रेष्ठको शब देबघाट देखी ४० किलोमिटर तल बेल्घारी (नवलपरासीको अमलटारी) भन्ने ठाउँमा बग्दै गरेको अबस्थामा स्थानिय बेल्घारी प्रहरीचौकी स्थानिय प्रहरी र शसत्र प्रहरी सबैको पहलमा फेला परेको थियो ।  
तनहुँको देबघाट गाउँपालिका-५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ देवघाटमा बाबुको श्राद्ध (वार्षिक पुण्यतिथि) का लागि नुहाउने क्रममा गत विहिबार दिउँसो १ बजे सन्धिखर्क नगरपालिका वार्ड नम्बर १  का ३८ वर्षीय चन्द्र श्रेष्ठ  र २८ वर्षीय भाई राजकुमार श्रेष्ठ  नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये चन्द्रमान श्रेष्ठ अर्घाखाँचीडट्कम प्रिन्ट संस्करणका डिजाइनर तथा प्रतिनिधि हुन्। यस्तै चन्द्रमानले सन्धिखर्कमा होटल र लवकुश इम्मोरियम कपडा पसल सञ्चालन गरेका थिए । केही महिनादेखि धरानमा व्यवसाय गर्दै आएका थिए । राजकुमार श्रेष्ठ हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५ मा लबकुश होटेल लगायत व्यवसाय गर्दै आएका थिए । 
एकै परिबारका चार दाजुभाइ सरात गर्न भनी देबघाट गएका थिए । उनीहरू गत विहिबार दिउँसो १ बजे धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन पूर्व देवघाटतर्फको नदीमा पसेपछि दाजुभाइ नै बेपत्ता भएका थिए । सँगै गएका अन्य २ दाजुभाईहरु भने शकुशल रहेका थिए । 
चन्द्र श्रेष्ठ  र भाई राजकुमार श्रेष्ठ (दाँया) । तस्बिर: फेसबूकबाट 

अन्य समाचारहरु