भूमिकास्थान नगरपालिकाको च्युरामाटी नुवाकोटका एक युवा ब्वाँसोसँग लडेर बाँच्न सफल

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको च्युरामाटी ढिकुरामा देउसीभैलो खेलेर घर फर्कने क्रममा एक युवा जंगली जनावर ब्वाँसोको आक्रमणबाट लडेर बाँच्न सफल भएका छन् ।
भूमिकास्थान नरपालिका वार्ड न- ८ साविक नुवाकोट – ४ च्युरामाटीका कृष्ण गैरे देउसीभैलो खेलेर घर फर्कने क्रममा आईतबार एक्कासी ब्वाँसोले आक्रमण गरेको थियो । ब्वासोको आक्रमण गैरे सामान्य घाइते भएका छन्।  
ब्वासोको आक्रमण गरेपछि प्रतिरक्षामा उत्रिएका गैरेले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारपछि घाइते भई ब्वासो जंगल तिर भागेको थियो। साथै घाइते ब्वाँसो आज च्युरामाटीको जंगलमा मृत अवस्थामा फेला परेको छ ।
जंगल जनावर ब्वाँसोको आक्रमणबाट बाँच्न सफल भएका र प्रतिरक्षामा ब्वाँसोलाई मार्न सफल भएको भन्दै गैरेलाई गाउँमा अविर लगाई बधाई दिएको छ ।    
बिगत ३ वर्ष देखि सन्धिखर्क, खाचिकोट, किमडाँडा, चिउरामाटी, ढिकुरा र कुरमा बाघले दर्जनौ बच्चाबच्ची खाएको घटना हुँदै गर्दा बाघको शैलीमा मानिस माथी ब्वाँसोले आक्रमण गरेको घटना आएको छ । 
ब्वाँसो एक मांसाहारी जनावर हो । एक समयमा युरेशिया, उत्तरी अमेरिका र उत्तरी अफ्रिकामा प्रचुर संख्यामा ब्वाँसोहरु पाईने गर्दथे तर पछि यिनीहरुको क्षेत्रको बिनास, मानव अतिक्रमण तथा मानिस र ब्वाँसा बीचको मुडभेडको परीणाम स्वरुप यसको संख्यामा निकै कमी आएको छ । ब्वाँसो संख्या विश्वमा निक्कै नै कम हुदै गए तापनि, प्रकृति संरक्षणको लागि अन्तराष्ट्रिय सङ्घ(IUCN)ले यसलाई लघुतम महत्वको सूचीमा राखेको छ ।

अन्य समाचारहरु