श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक ८ । बाम विचारधारा प्रति आश्तावान भएर पनि केहि समय स्वतन्त्र रहेका अर्घाखाँची जिल्लाका दुई चर्चित नेताहरु नेकपा एमालेमा प्रबेश गरेका छन । यसरी प्रबेश गर्नेहरुमा नेता विष्णुहरी भुसाल र शोभाखर पन्थी रहेका छन । भुसाल २०३३ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएर पछिल्लो समय एकिकृत नेकपा माओवादी केन्द्रमा सक्रिय रहेका थिए भुसाल सो पार्टी परित्याग गरी विगत केहि समय देखी स्वतन्त्र रहदै आएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका निवर्तमान अध्यक्ष तथा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय का.बा महासचिब शोभाखर पन्थी पनि सोही अवसरमा नेकपा एमालेमा प्रवेश गरेका छन् विगतमा उनी नेकपा (विप्लब) समुहमा महत्वपूर्ण जिम्मेवारी पदमा रही काम गर्दे आईरहेका थिए ।
मदन आश्रित स्मृति भवन सन्धिखर्कमा बुधबार आयोजित एक समारोहका बीच दुवै नेताहरु एमालेमा प्रवेश गरेका हुन । उनिहरुलाई एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले टिका तथा खादा लगाई स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मनतब्य राख्दै जिल्ला अध्यक्ष आचार्यले मुलुकको स्वाभिमानलाई स्वदेशी तथा विदेशी हस्तक्षपबाट बचाई समृद्धिको दिशातर्फ डो-याउन एमालेको विकल्प नभएको भन्दै सबै पक्षलाई एमालेमा गोलबन्द र आबद्ध हुन आब्हान समेत गरेका थिए । त्यस्तै अध्यक्ष आचार्यले बाम एकता आजको पहीलो आबश्यकता भएकोले सम्पूर्ण बामपन्थी शक्तिहरु एकजुट हुनुपर्नेमा पनी जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा प्रदेश संगठन कमिटी सदस्यहरु रामजी घिमिरे,पिताम्बर भुसाल, एमाले नेता जिबनारायण कोईराला,रामबहादुर चौहान लगायतले पनि नबप्रवेशीहरुलाई मनतब्य सहित स्वागत गरेका थिए ।