अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गत आश्विन महिनामा वंशजका आधार, प्रतिलिपी, आमाको सनाखत, बैबाहिक अंगिकृत लगायत गरी १,२४६ जनालाई नागरिकता प्रमाण-पत्र वितरण गरिएको छ ।
वंशजका आधारमा ८३४ जनाले नागरिकता लिएका छन् । यस्तै आमाको सनाखतबाट १४३ जनाले र बैबाहिक अंगिकृतमा २ जनाले लिएका छन् । साथै प्रतिलिपी नागरिता २६६ जनाले लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट हालसम्म २ लाख ५८ हजार २ सय ६७ जनालाई नागरिकता प्रमाण-पत्र वितरण गरिएको छ ।
२०७४ असोज महिनासम्म भएको नागरिकता प्रमाण-पत्र वितरण विवरण यस्तो छ:-