अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आसन्न मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँची जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँएको छ ।
यसैअन्तर्गत् बिहीबार सन्धिखर्क नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । योसँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
जसअनुसार आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १७ गते उम्मेदवारको विरोधमा उजुरी, १८ गते उजुरीउपर जाँच र उम्मेदवारको नामावली प्रकाशन, १९ गते नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ ।
अर्घाखाँचीमा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।