सन्धिखर्कमा टेम्पो संचालन

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा टेम्पो सेवा शुरु भएको छ । 
लंका यातायातले संचालनमा ल्याएका टेम्पोहरु सन्धिखर्कका छोटो दुरीमा चल्ने छन् । टेम्पोहरु सन्धिखर्कका शान्तीबगैचा, अस्पताल, फुदवाङ, बलेवाङ, रुब्दी लगायतका ठाउँहरुमा चल्ने भएका हुन् । 
यस्तै लंका यातायात अनुसार टेम्पोमा सस्तो र सुलभ दरमा यात्रुहरुलाई सेवा दिने भएको छ । लंका यातायातले आगामी केही समय भित्र अन्य दर्जन बढी टेम्पोहरु क्रमश संचालनमा ल्याउने बताएको छ । 
लंका यातायातले यसअघि स्कारपिओ गाडीहरु मार्फत अर्घाखाँचीबाट बुटवल, पोखरा, काठमाडौं लगायतका शहरमा सेवा दिदै आएको छ । 
शुरुका दिनमा लंका यातायात र देउराली यातायात विच खटपट भएको थियो । देउराली यातायातका हाइसहरुले सन्धिखर्क, काठमाण्डौ र बुटवलका लागि हाइसहरु संचालन गरिरहेकोमा सोही रुटमा लंका यातायातले पनि सेवा संचालन गरेपछि दुइ पक्षविच विवाद सृजना भएको थियो ।  

अन्य समाचारहरु