अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख मिङमार लामाले प्रदेशको मातहतको सुरक्षा अबस्थाबारे अर्घाखाँची जिल्लामा निरिक्षण गरेका छन् ।
लामा प्रदेश प्रमुखको रुपमा दाङ आएपछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न सन्धिखर्क आएका हुन् ।
जिल्ला प्रहरी अर्घाखाँचीको औपचारिक भ्रमण गर्दै उनले निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए । निर्वाचन शान्तिपुर्ण हुने र निर्वाचन विरोधी गतिविधि प्रहरीले नियन्त्रणमा गर्नेसमेत लामाले बताए ।
प्रहरी नायव उपरीक्षक एकनारायण काेईरालाका साथै खटिएका जिल्लामा प्रहरीलाई लामाले बिर्फिङ्ग गरेका थिए । लामाले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाउन पनि आग्रह गरेका थिए । साथै समाजमा रोगको रूपमा रहेकोे गुंडागर्दी जरैदेखि समाम्त पार्न आज बाट जिल्लाका प्रहरीलाई निर्देशन दिएका थिए ।
लामाले भ्रमणका क्रममा प्रहरीलाई आबस्यक पर्ने भौतिक सुविधा तथा आबस्यकताका बारेमा पनि बुझेका थिए ।