सागर परियार
डिभर्ना, अर्घाखाँची १० कार्तिक २०७४ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिको वडा नम्बर ११ र १२ डिभर्नामा स्थानीय सभा सम्पन्न भएको छ । एकीकृत ग्रामीण विकास समाजको आयोजना तथा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत साबिकको डिभर्ना गाविसमा स्थानीय सभा सम्पन्न भएको हो ।
सभामा सन्धिखर्क नगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष धुर्बराज आचार्यले परियोजनाले सबैलाई शुसुचित बनाउन सहयोग गरेको बताउनुभयो । आचार्यले शिक्षा, स्वास्थ्य र कृर्षिलाई कार्यक्षेत्र बनाएको भएपनि आफुहरु वडा भित्रका सबै सार्वजनिक निकायमा सुशासन प्रर्बधन र जवाफदेहिता कायम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
स्थानीय सभामा बिजय माबिका प्राचार्य भुपाल, ज्ञान प्रकास माबिका प्राचार्य सूर्य बहादुर खनाल, वडा सचिव कुलदिप पोख्रेल लगायतले बिद्यालय तह तथा वडा तहमा सुशासन प्रर्बधनका बिभिन्न गतिबिधी हुँदै आएको बताउनुभयो । डिभर्ना स्वास्थ्य चौकी प्रमुख तथा नगर स्वास्थ्य इन्चार्ज पूर्णप्रसाद पराजुलीले स्वास्थ्य क्षेत्र सम्बेदशील क्षेत्र भएको भन्दै स्थानीय निकायले प्रमुख प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष धुर्बराज आचार्यको अध्यक्षता, एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाका सचिव सागर परियारको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको पारस्परिक जवाफदेहिता परियोजका जिल्ला परियोजना अधिकृत बसन्त श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । युएस.ए.आई.डी को आर्थिक सहयोग तथा एफ.एच. आई ३६० र एकीकृत ग्रामीण विकास समाजको सहकार्यमा यो परियोजना गुल्मी र अर्घाखाँची जिल्लामा सञ्चालनमा रहदै आएको छ ।