बागीमा क्यानसर पीडित र महिला समूहलाई धनिया र प्याजको बीउ वितरण

हरि कुँवर
कुजेरी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकाको बागीमा क्यानसर पीडित  र   महिला समूहलाई धनिया र प्याजको बीउ वितरण गरिएको छ । 
लाइट नेपाल मिडियाले मालारानी गाउँपालीका वार्ड न.५ बागीको कुजेरीमा क्यानसर पीडित राकेश थापा र भणडार साविक – ८ र ९ को दुई वटा  समूहलाई धनिया र प्याजको बीउ वितरण गरेको हो । 
बीउ पाउनेमा प्रगतिशिल महिला समूहका ३८ जना सदस्य र  न्यु लक्ष्य कृषि समूह जसमा २५ जना सदस्य गरि जम्मा ६३ जना सदस्यहरु रहेका थिए । 
हरि कुँवर, पदम कुँवर ,बिष्णु कुँवर र राजकुमार शाहको सहयोगमा धनिया र प्याजको बीउ वितरण गरिएको थियो ।  

अन्य समाचारहरु