शितगंगा नगरपालिकाको नयाँबस्तीमा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कमल बिष्ट 
नयाँबस्ती, अर्घाखाँची (कार्तिक ११ अर्घाखाँची) । शितगंगा नगरपालिका -९ नयाँबस्ती अर्घाखाँचीको आयोजना र यु एन ह्याभिट्याट र प्रकाश सचेतन समूह (प्राग ) को सहजीकरणमा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शितगंगा नगरपालिका ९ का वार्ड अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भिम केसीले मन्तव्य राखै सरसफाइ जिवनको अभिन्न अङ्ग रहेको बताउदै हरेक क्षेत्रको बिकासका लागि सरसफाइ अपरिहार्य रहेको बताउनुभयो । 
त्यस्तै कार्यक्रममा प्रागका कार्यकारी निर्देशक प्रेमनारायण गैरेले मन्तव्य राखदै अर्घाखाँचीको दुर्गम क्षेत्रमा रहेपनी नयाँबस्तीलाई पुर्ण सरसफाइ युक्त नमुना बस्ती बनाउने आफुहरुको लक्ष्य रहेकोले यसमा स्थानीयबासी सबै लागिपर्न आह्वान गर्नुभयो । 
त्यस्तै कार्यक्रममा पत्रकार अर्जुन भुसाल लगायतको मन्तव्य र पत्रकार कमल बिस्ट र सिद्धार्थ केसी लगायतको आतिथ्यता रहेको थियो  ।
कार्यक्रम समुहकी उपाध्यक्ष झबि रानाको अध्यक्षता, प्रागका परियोजना संयोजक भविश्वर पौडेलको संचालन र यु एन ह्याबिट्याटकी जिल्ला संयोजक बिष्णु दवाडीको सहजीकरणमा सप्पन्न भएको थियो ।

अन्य समाचारहरु