राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा निर्बाचन केन्द्रित प्रशिक्षण भेला सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  कात्तिक ११ । आगामी मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिध सभा तथा प्रदेश सभाको निर्बाचनको तयारी स्वरुप राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शनिबार सन्धिखर्कमा  प्रशिक्षण मुलक अगुवा कार्यकता भेला सम्पन्न गरेको छ । 
पार्टीका सम्पूर्ण जनबर्गिय संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको भेलाको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै राजमो नेताहरुले बदलिदो पछिल्लो परिबेशले देशको राष्ट्रितामाथी गम्भिर संकट पैदा भएको भन्दै राष्ट्रप्रेमी जनताहरु सचेत भएर देश र जनताप्रति ईमान्दार पार्टीलाई भोट हाल्नु पर्नेमा जोड दिएका थिए । 
भेलामा राष्ट्रिय जनमोर्चाको तर्फ बाट प्रतिनिधि सभा सदस्यका उमेद्वार शेर बहादुर बिसी,प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर एकका उमेद्वार सागर केसी,नेकपा मसाल अर्घाखाँचीका प्रवक्ता थम्मन केसी लगायतका नेताहरुले सहभागिहरुलाई चुनाब केन्द्रीत प्रशिक्षण दिदै आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उठेका उमेद्वारलाई जिताउन  जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन हुने भन्दै सोही अनुसार कार्यकर्तालाई निर्बाचनमा होमिन निर्देशन दिएका थिए । 
भेलामा अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कँुवर, यातायात मजदुर संगठनका केन्द्रीय कोषाध्यक्ष गोविन्द बिसी, अखिल नेपाल युबक संघका जिल्ला अध्यक्ष कविराम खनाल, किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खनाल,राजमो नेता कमल भुसाल,अनेशि संघका कृष्ण बन्जाडे, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे, बिद्यार्थी नेता गोपाल प्रसाद भट्टराई, रक्तिमका बिष्णु केसी, उद्योग ब्यापार संघका दुर्गा खनाल,अन्टुकका सिद्धि भट्टराई, यातायात ब्यबसायी गोविन्द बन्जाडे, लगायतको आतिथ्यता रहेको थियो । 
राष्ट्रिय जनमोर्चाका प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर दुईका उमेद्वार तथा मोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता, बिर बहादुर कुँवरको स्वागत मन्तव्य र गोपाल पौडेलको संचालनमा सम्पन्न भएको भेलाका सहभागिहरुले आ–आफ्नो धारणा ब्यक्त गर्दे निर्बाचन जित्नेगरि चुनाबी तालमेलको छलफललाई पनि क्रियाशिल रुपमा अगाडि बढाउन जिल्ला नेतृत्वलाई सुझाब समेत दिएका थिए ।

अन्य समाचारहरु