अर्घाखाँचीमा म्यादी प्रहरीको तालिम शुरु (तस्बिर सहित)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्बाचनको लागि अर्घाखाँची जिल्लामा छनौटमा परेका म्यादी प्रहरीको तालिम शुरु भएको छ ।
म्यादी प्रहरीको तालिमको प्रहरी नायव उपरीक्षक एकनारायण काेईराला एक कार्यक्रमका बिच उद्द्घाटन् गरेका थिए ।  
आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई स्वच्छ, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने उदेश्यले म्यादी प्रहरीको पनि महत्वपूर्ण भूमिका रहने हुँदा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धि आवश्यक ज्ञान, सिप, कौशल प्रदान गर्ने उद्देश्य अनुरुप जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा तालिम दिन शुरु गरिएको हो । 
अर्घाखाँची जिल्लामा ८५३ जना म्यादी प्रहरीमा छनौट भएका छन् । जसमा ६४९ जना पुरुष र २०४ जना महिला रहेका छन् । तालिमका लागि जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा ४७० जना, ईलाका प्रहरी कार्यालय ठाडामा १६५ जना, खिदिम प्रहरी चौकीमा ५० जना, खन प्रहरी चौकीमा ९५ जना र बल्कोट प्रहरी चौकीमा ३४ जना, खिल्जी प्रहरी चौकीमा ३९ जना तोकिएको छ । उनिहरुलाई आफ्नो पायक पर्ने ठाउँमा तालिमका लागि सुविधा दिईएको छ ।
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।
उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।  
  

अन्य समाचारहरु