प्रतिनिधिसभा लागि कांग्रेस उम्मेदवार डा. राम बहादुर विसी (दाँया) र एमाले- माओवादी केन्द्र गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझी ।
विक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची । नेपाल संघिय संरचनामा गैसकेपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अगामी मंसिर १० र २१ गते दुई चरणमा हुँदै छ ।
अगामी मंसिर २१ गते दोस्रो चरणमा हुन गैरहेको प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई प्रतिनिधिको निर्वाचनका लागि अर्घाखाँचीमा चुनाव हुँदैछ ।
संघिय संरचना अन्तर्गग पाँच नं. प्रदेशमा पर्ने अर्घाखाँची जिल्ला ६ स्थानीय तहमा निर्धारण भए सँगै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागी यस जिल्लालाई प्रतिनिधिसभाको लागी १ र प्रदेशसभाको लागी २ वटा क्षेत्र निर्धारण गरेको छ । केन्द्रबाट नै आएको निर्णय अनुसार अहिले नेपाली राजनिती विषेसत दुई गठबन्धनको भुमरीमा रोमलिएको छ । ति दुई गठबन्धन हुन् एक लोकतान्त्रीक र अर्को बाम गठबन्धन । लोकतान्त्रीक र बाम गठबन्धनले अहिले जिल्लाको राजनिति तरङगीत भएको छ । हो , दुबै गठबन्धनका नेताहरु आप्ःनै गठबन्धनको जित सुनिश्चित रहेको भन्दै जिल्लामा भएका स साना राजनितीक कार्यक्रम , सभा , भेटघाटमा बोलेको सुनिन्छ ।
खास गरी संसदीय चुनावमा पटक पटक हारेका र पटक पटक जितेका अनुहारहरु यसपालीको प्रतिनिधीसभाको चुनावमा देखिने भएका छन् । लोकतान्त्रीक गठबन्धनबाट नेपाली काङग्रेसका नेता डा. राम बहादुर विसी र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी यसपालीको संसदीय चुनावको मैदानमा उभिएका छन् ।
यी दुई नेताहरु प्रतिनिधीसभा सदस्य चुनावी मैदानमा उभिए सँगै उनीहरुको चुनाबी लडाईँ प्रतिष्ठा र निरन्तरताको लडाईँ रहने छ । विषेस गरी संसदीय चुनावमा पटक पटक हारेका डा. विसी प्र्रतिष्ठा र संसदीय चुनाव मै पटक पटक चुनाव जितेका रायमाझी जितको निरन्तरतामा दौडिएका छन् ।
गणतन्त्र स्थापना भए पछि २०७० सालको दोश्रो संविधान सभाको चुनावमा विसी र रायमाझी संसदीय चुनावमा लड्दै आएका छन् । गणतन्त्र स्थापना भए देखि जति संसदीय चुनाव भए उक्त चुनावमा कङ्ग्रेस , दोश्रोमा डा. विसी हारे र रायमाझी जितीरहे । हारीरहने र जितिरहने नेता मध्ये यसपालीको प्रतिनिधिसभा चुनावमा कस्ले जित्ला ? कस्ले हार्ला ? भन्ने आम मतदाताहरुमा सोचनिय र कौतुहल्ताको विषय बनेको छ । विषेस गरी गणतन्त्र स्थापना पछिको दोश्रो संविधान सभाको चुनावमा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले चुनाव जितेका थिए । त्यतिबेला यी दुबै नेताहरु जिल्लाको क्षेत्र नं. १ बाट चुनाव लडेका थिए । अहिले जिल्लामा प्रतिनिधिसभाको लागी एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण सँगै समग्र जिल्लाले जिल्लाबाट एउटा प्रतिनिधि सभा सदस्य पाउँनेछ ।
दोश्रो संविधान सभा २०७० सालको एक्ला एक्लै लड्दाको चुनावको नतिजालाई हेर्दा क्षेत्र नं. १मा माओवादी केन्द्र पहिलो , नेपाली काङग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका थिए । उता क्षेत्र नं. २ मा नेकपा एमाले पहिलो , नेपाली काङग्रेस दोश्रो र तत्कालिन एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी तथा अहिले माओवादी केन्द्रले तेश्रो स्थान प्राप्त गरेका थिए ।
जिल्लाका दुई क्षेत्रहरु मध्ये क्षेत्र नं. १ बाम गठबन्धनको पकड मानिएको र क्षेत्र नं. २ लोकतान्त्रीक गठबन्धनको पकड मानिएको क्षेत्र भनिन्छ । हुन त अघिल्ला चुनावमा दुबै क्षेत्रहरुमा दोश्रो स्थान प्राप्त गर्न सफल नेपाली काङग्रेसँग केही सन्तोस जनक मत छ तर बाम गठबन्धनका एमाले र माओवादी केन्द्रको मत पनि उत्तिकै लोभलाग्दो नै रहेको छ । अघिल्लो चुनावमा क्षेत्र नं. १ मा माओवादी पहिलो र एमाले तेश्रो भएको थियो भने क्षेत्र नं. २ मा एमाले पहिलो र माओवादी केन्द्र तेश्रो भएको थियो । क्षेत्र नं. १ र २ मा पहिलो र तेश्रो भएका एमाले र माओवादी दलहरुले बाम गठबन्धन बनाए सँगै बाम गठबन्धनहरु आफुसँग राम्रो मत भएको बताउँछन् ।
फेरी उता राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा कसैसँग तालमेल गरेको जानकारी प्राप्त भएको छैन । तालमेलको प्रयास पनि नहुने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताँउदै आएको छ । तर राजनितीमा असंभव भन्ने कुरा केही हुँदैन भन्न पनि सकिदैन् । यदि राष्ट्रिय जनमोर्चा दुई गठबन्धन मध्ये कुनै एकसँग तालमेल गर्यो भने नतिजा यसैको हातमा जान्छ भन्न सकिदैन । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नेता शेर बहादुर बि.सीलाई प्रतिनिधीसभा सदस्यमा उठाएको छ ।
उता युवाहरुको साथ रहेको भनिएको विवेकशिल साझाले विष्णु मिश्रलाई अगाडि सारेको पनि छ । युवा पुस्तामा लोकप्रीय मानिएका मिश्रको पनि दुई गठबन्धनको मतलाई तलमाथी पार्न सक्छ भन्ने मत पनि जिल्लामा सुनिदै आएको छ ।
बास्तवमा दुई गठबन्धनमा पोजिसन स्थानको हिसावले करीव करीव बराबर देखिएको अघिल्ला चुनावी नतिजालाई हरेर अहिलेको चुनावी नतिजाको भविष्यवाणी गर्न सकिदैन । तथा आँकलन , विश्लेषण तथा नजर अन्दाजको कुरा त परी जाओस् । के सक्लान् त ? डा. विसीले आप्ःनो अघिल्लो चुनावको हारको बदला लिन ? के सक्लान त ? प्रतिष्ठा जोगाउन ? या रायमाझीको जित निरन्तर होला ? त्यसको परीणाम हेर्न त मंसीर २१ नै कुरौँ हुँदैन र ?