भूमिकास्थान नगरपालिकाको नुवाकोट च्युरामाटीमा धामीझाक्रीको झारफुकमा विश्वास गर्दा एक बालिकाको मृत्यु

Related image

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ग्रामिण क्षेत्रका बासिन्दा बिरामीको उपचारमा अझै पनि धामाीझाक्रीको भर पर्ने गरेका छन् ।
धामीझाक्रीको झारफुकमा विश्वास गर्दा एक जना बालिकाले अकालमै ज्यान गुमाउनु परेको छ । भूमिकास्थान नगरपालिका वार्ड नं. ८ च्युरामाटी (साविक नुवाकोट –  ४) का १४ बर्षिया मनकला बि.कको लडेर खुट्टा भाँचिएको बेला धामीझाक्रीको झारफुकमा बिश्वास गरेका कारण मृत्यु भएको हो ।  
स्थानिय पत्रकार सहयोगी बिसीका अनुसार; गत कार्तिक ३ गते नजिकैको हजुर आमासँग सोही वार्ड कै सुर्सीङ गएकी बालिका लामो समयसम्म घर नआएपछि बालिकाकी दिदी चित्रकलाले फोन सम्पर्क गर्दा बालिकाको खुट्टो मर्केको र ज्वरो आएको जानाकारी पाएपछि दिदी चित्रकला र हजुर आमाको नातिनी करिना बि.क बहिनीलाई लिन त्यसतर्फ गएका र बालिकालाई ती हजुर आमाले आधा घण्टाको बाटो पर्ने झेस्के भन्ने ठाउँमा लौरो टेकेर ल्याइ पुर्‍याउनु भएकोले निजलाई ती लिन गएका दिदिहरुले पालैपालो बोकेर सिधै नुवाकोट हटियाको मेडिकल पुर्‍याएका थिए ।
मेडिकलको चिकित्सकले तुरुन्तै जिल्ला अस्पताल लैजान भनी सल्लाह दिएकोले निज घाइते बिरामीलाई स्थानिय भैली खेल्न आएकाहरुले जम्मा गरेको भैलो रकम बाट रु १० हजार सहयोग गरेपछि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा निज बालिकाको खुट्टामा डाक्टरले  पलास्टर गरि दिएपछि निजलाई आएको ज्वरो कम नभएका कारण भैरहवा रिफर गरिएको थियो ।
आर्थिक अवस्था अति नै दयनिय भएका सो परिबारले छोरीको थप उपचारका लागि १० गते मेडिकल कलेज भैरहवामा लगेर उपचार गराई रहेका थिएं। डाक्टरका अनुसार बालिका कुनै अग्लो ठाउँबाट लडेको, छातिमा रगत जमेको र समयमा उपचार नगरेका कारण मस्तिष्कमा रगत जमेको बताएपछि बल्ल थाहा पाएका थिए । सोही कारण सो बालिकाको १३ गते बिहान २ बजे अस्पतालमा दु:खद अकल्पनीय निधन भएको थियो ।
बालिका यशोधरा नइ. मा बि कक्षा ६ मा अध्ययनरत थिइन । 
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताउनु भयो । पोस्ट्मार्टम रिपोर्ट आएपछि सबै तथ्य बाहिर आउने उहाँको भनाई छ ।

अन्य समाचारहरु