सन्धिखर्कमा एकादशी मेला, दर्शनार्थी र भैलो खेल्नेहरुको घुइँचो (भिडियो तस्बिर सहित)
कार्तिक १४ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । तिहारको अन्तिम दिन हरिबोधनी एकादशीका अवसरमा अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर तुलसीको पूजा गरी हर्षउल्लाहसका साथ मनाइएको छ ।
सन्धिखर्कमा एकादशी मेला लाग्नुका साथै दर्शनार्थीको घुइँचो लागेको थियो । सन्धिखर्क, चुत्राबेशीमा राजनीतिक दलहरु एवम संघ-सस्था एवम स्थानियहरु हिजो देखि रातदिन भैलो खेलेका देखिन्थ्ये ।
ठूलो एकादशीको दिन गृहिणीले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ यस दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । तुलसीको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ ।
यसैगरी जिल्लाभर देउसी भैलो खेल्नेहरुको घुइचो पनि लागेको थियो।