प्रेमनारायण आचार्य
अर्घाखाँची १४ कात्तिक । अर्घाखाँचीको पाणिनी गाँउपालिका वार्ड नम्वर ५ मैदान आउदो चैत मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने भएको छ ।
स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्न आज भएको भेलाले मैदानलाइ आउदो चैत मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरी सरसफाइमा नमुना वार्डको रुपमा घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।
कार्यक्रममा पुर्ण सरसफाइका सुचक र सरसफाइका फाइदाको वारेमा लुम्विनी समाजिक विकास केन्द्रका वास अफिसर प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो ।
भेलाले वडा अध्यक्ष जीवलाल घिमिरेको अध्यक्षतामा २१ सदस्यीय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको घोषणा गरेको छ । जस्को सदस्य सचिवमा जगदिश घिमिरे, र सदस्यहरुमा इश्वरा केसी, शालिकराम घिमिरे, इन्द्रमणि घिमिरे, बुद्धि बहादुर जिसि, राजन बिस्ट लगायतका रहनु भएको छ ।
कार्यक्रम जीवलाल घिमिरेको अध्यक्षता र जगदीश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
पाणिनि गाँउपालिकाका १,३,४र ५ वडामा फण्डबोर्डको आर्थिक सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरिरहेको छ ।