सन्धिखर्कमा कमल सौराग एकल साँझ सम्पन्न (भिडियो तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कमल सौराग एकल साँझ सम्पन्न भएको छ ।
कार्यक्रमको पुर्वमन्त्री तथा वाम गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेद्दवार टोप बहादुर रायमाझीले एक समारोहका बिच उद्द्घाटन गरेका थिए ।

अर्घाखाँचीका लोक सस्कृतिको जर्गेना, पर्यटन प्रबद्र्धन एबं पिछिडिएका वर्गहरुको सहयोगार्थ लाली गुरास महिला विकास वचत तथा ऋण सहकारी सस्था र आकार नृत्य तथा म्युजिक सेन्टरको आयोजनामा सोमवार कमल सौराग एकल साँझ गरेको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार जीवन परियार, विमा कुमारी दुरा, अर्घाखाँची जन्म घर भएका मधुसुदन बन्जाडे, जलजला परियार, जीवन परियार, सम्झना लामिछाने मगर, कल्पना श्रीपाल, मैना रेस्मी मगर, गौरव गिरी, कृष्ण सापकोटा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारहरुको गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
यस्तै एकल साँझमा अर्घाखाँचीलाई चिनाउने लोपोन्मुख लाखे नाच, भैराम नाच, सराये नाच, सोरोठी, भजन, लगायतका जिल्लाका सस्कृति समेत प्रस्तुत गरिएको थियो ।
अर्घाखाँचीका कलाकार कमल सौरागको सम्मानमा एकल साँझको आयोजना गरिएको र कार्यक्रममा जिल्लाका सबै कलाकारहरुको सहभागिता रहि जिल्लामा पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने मुख्य उदेश्यले एकल साँझको आयोजना गरिएको हो ।
सन्धिखर्क नगरपालिकाको वाड नम्वर ८ किमडाडामा जन्मिएका लोक तथा दोहोरी गायक कमल सौरागले घुम्टि नरपानी, हाम्रो अर्घाखाँची, भिजायो पछौरी, दैला मुनी जौ लगायतका दर्जनौ गितहरु गाएर राष्ट्रिय ख्याती कमाएका छन ।

अन्य समाचारहरु