सिद्दारामा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन तथा तालिम सम्पन्न

समाचार:- सिद्दारामा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन तथा तालिम सम्पन्न

प्रेम नारायण आचार्य 
सिद्दारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं १० हर्रे सिद्दारामा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन तथा तालिम सम्पन्न भएको छ ।
नेपाल सरकारको सन २०३० सम्ममा देशलार्य नै पूर्ण सरसफाइ उन्मुख बनाउने लक्ष्य र सन २०२० सम्ममा अर्घाखाँची जिल्लालाई सरसफाइमा नमुना बनाउने जिल्लाको लक्ष्यलाई हासिल गर्ने मार्गमा योगदान गर्ने उदेश्यकासाथ यु.एन. हेविटाटसँगको साझेदारितामा प्रकाश सचेतन समूह (प्राग) द्वारा ग्लोबल सेनिटेशन फण्डद्वारा सञ्चालित खुल्ला दिसामुक्त पछिको सहयोग कार्यक्रम अन्र्तगत शीतगंगा नगरपालिकाको वडा नं १० स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति, अनुगमन समिति, कार्यदल लगायतका सरोकारवालाहरुको एक दिने पूर्ण सरसफाइसम्बन्धी सचेतिकरण तथा अभिमुखीकरण तालिम कार्यक्रम सञ्चालन गरियोे ।
समन्वय समितिका अध्यक्ष एवं वडा नं १० का अध्यक्ष  हिमलाल पोखरेलको अध्यक्षता, डिवाससिसिका सदस्य एवं यु.एन हेविटाटका जिल्ला संयोजक बिष्णु दवाडीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा समन्वय समिति, अनुगमन समिति र कार्यदल लगायतका सरोकारवाला सहित ४७ जनाको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन समन्वय समितिका सदस्य नेत्रप्रसाद मरासिनीले गर्नु भएको थियो । तालिममा प्रमुख अतिथि बिष्णु दवाडीले अर्घाखाँची जिल्लाको सरसफाइ अभियान: हिजो आज र भोलि, नेपालको पूर्ण सरसफाइ मार्गदशृन र समन्वय समितिको भूमिका, सफा र स्वच्छ समुदाय कसरी बनाउन सकिन्छ आदि सम्बन्धमा, प्रागका कार्यक्रम संयोजक भविश्वर पौडेलले कार्यक्रमको उदेश्य र हात धुने विषयमा र प्रागका वास अफिसर श्यामसुन्दर ढुंगानाले खानेपानी सुरक्षा, पानी सुद्धिकरण सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा, स्वस्थ समुदाय र हैजा सम्बन्धी भिडियो प्रर्दशनका गरिनुका साथै श्यामसुन्दर ढुंगानाबाट पूर्ण सरसफाइ सम्बन्धी गीत प्रस्तुत गरिएको थियो । 
कार्यक्रमको उद्घाटन अध्यक्ष हिमलाल पोखरेल (हिम्मत) बाट व्यानर अनावरण गरी गरिएको थियो । दुर्गाप्रसाद बेलबासेको स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । राष्ट्रिय गान गाइएको थियो । समापन कार्यक्रममा सहभागीको तर्फबाट ऋषिराम भुसाल, कान्ता पोखरेल, रोमाखर बञ्जाडेले मन्तव्य व्यक्त गर्नु भएको थियो । समापन मन्तव्य राख्दै अध्यक्षज्युले पूर्ण सरसफाइ अभियानका माध्यमबाट सफा, स्वच्छ सुन्दर वडा निर्माण गर्न, पानीको सुविधामा सबेको पहुँच पुग्ने गरी कार्य गर्ने समन्वय समिति र वडा कार्यालयको तर्फबाट प्रतिबद्धता जाहेर गर्दै सहजीकरण र सहयोग गर्ने निकायहरु प्राग र यु.एन हेविटाटलाई धन्यवाद दिदै सबैलाई ज्ञानलाई व्यवहारमा बदल्न र सक्रियतापूर्वक अभियानमा लाग्न आव्हान गर्नु भएको थियो । 

अन्य समाचारहरु