अर्घाखाँचीका मतदाताहरुलाई प्रलोभनमा नपार्न मुख्य निर्वाचन अधिकृतको आग्रह, आचार संहिता विपरित सामाग्रीको प्रयोग गरेमा जफत गरिने

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक १५ । निर्वाचनको समयमा मतदाताहरुलाई प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा प्रभाव पार्ने जुनसुकै कार्य गर्नु आचार संहिता विपरित भएको अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताएका छन । 
रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले  बुधबार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन निश्पक्ष, भयरहित,धादलीरहित र शान्तीपूर्ण ढंगबाट सम्पन्न हुने भएकोले सम्पुर्ण मतदाताहरुलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागीहुन आग्रह समेत गरेका थिए । 
मतदातालाई आर्थिक रुपमा प्रलोभन देखाउने,भोजभतेर गरी आफुप्रति आकर्षित गर्ने कार्य आचारसंहिता विपरित भएको पनी उनले बताए । निर्वाचनको मिति नजिकीदै जाँदा राजनितिक दलहरुले चुनाव चिन्ह अंकीत टिसर्ट, टोपी, झोला, लगाउन तथा बोक्न नपाईने बताउँदै आचार संहिता विपरित सामाग्रीको प्रयोग गरेमा जफत गर्ने बताए । 
साथै दल र उमेद्वारहरुले आचारसंहिता २०७२ अनुसार पुर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । १६ गते हुने मनोनयनको लागी जिल्ला स्थीत राजनितिक दलहरुलाई छुट्टाछुट्टै समय दिएको बताउँदै मनोनयनको सबै तयारी पुरा भएको पनि बताए । 
त्यस्तै कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले सुरक्षा सम्बन्धी सम्पुर्ण  योजना तयार भईसकेको हुनाले मतदाताहरुलाई कुनै प्रकारको असुरक्षा नहुने भन्दै निर्वाचनलाई सफल पार्न सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिए । अर्घाखाँची जिल्ला सुरक्षाको दृष्टीकोणले संवेदनशील जिल्ला भएकोले मतदाताहरुलाई मतदान गर्नबाट बन्चीत हुन नपर्ने भन्दै ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह समेत गरे । त्यस्तै प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले सुरक्षा सम्बन्धी सम्पुर्ण  योजना तयार भइसकेको हुनाले मतदाताहरुलाई कुनै प्रकारको असुरक्षा नहुने बताए ।
जिल्ला निर्वाचन अधिकारी केदारनाथ शर्माले निर्वाचनमा १८ सय भन्दा बढी कर्मचारी खटाउने  तयारी रहेको बताउदै निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम सेबक पनि खटाईने बताए । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता विरेन्द्र केसीको स्वागत मनतब्य र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु