भोली मनोनयन दर्ता गर्न सबै दलका नेताहरु सन्धिखर्कमा, बिशाल जुलुश प्रर्दशन गर्ने तयारी (मनोनयन दिने सबै उम्मेदवारको नामावली, पुरा विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भोली कात्तिक १६ गते बिहीवार मनोनयन दर्ता हुने दिनको अघिल्लो दिन अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राजनीतिक दलका नेताहरुको चहलपहल बढेको छ । 
सन्धिखर्कका होटेलहरुमा राजनीतिक दलका नेता, कार्यकर्ताको जमघट, भेला भएको छ । नेपाली कांग्रेस, वाम गठबन्धनका नेकपा एमाले – माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत सबै राजनीतिक दलका उम्मेदवारहरु सन्धिखर्कमा आईपुगेका छन् । 
यस्तै भोली नेपाली कांग्रेसले बिहान १० बजे बिशाल जुलुश (शक्ति प्रर्दशन) सहित मनोनयन दर्ताको लागि तयारी गरेको छ । वाम गठबन्धनका नेकपा एमाले – माओवादी केन्द्रले पनि संयुक्त रुपमा १२ बजे बिशाल जुलुश (शक्ति प्रर्दशन) सहित मनोनयन दर्ताको लागि तयारी गरेका छन् । साथै राष्ट्रिय जनमोर्चाले चुत्राबेशीको मसाल बजारबाट ११ बजे बिशाल जुलुश (शक्ति प्रर्दशन) सहित मनोनयन दर्ताको लागि तयारी गरेको छ । विवेकशील साझा पार्टी, नयाँ शक्ती पार्टी नेपालले पनि आ -आफ्नो तयारी गरेका छन् । 
भोली बिहीवार मनोनयन दर्ताको समय
यस्तै चुनावका लागि मनोनयन दर्ता गर्न अर्घाखाँची जिल्लामा दलबिच समय बाँडिएको छ । प्रतिनिधी र प्रदेश सभाको चुनावका लागि बिहीवार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलको सर्वदलिय बैठक बसी समय विभाजन गरेको हो ।
अर्घाखाँचीमा मनोनयन दर्ताको लागि विवेकशील साझा पार्टी, परिवार दल र स्वतन्त्र बिहान १० बजेदेखि ११ बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टी ११  बजेदेखि ११:30 बजेसम्म, नेपाली कांग्रेस ११ बजेदेखि १२:३० बजेसम्म, राष्ट्रिय जनमोर्चा १२:३० बजेदेखि १:३० बजेसम्म, वाम गठबन्धन नेकपा एमाले, माओवादी केन्द्र १:३० बजेदेखि २:३० बजेसम्म, नयाँ शक्ती पार्टी नेपाल २:३० बजेदेखि ३:३० बजेसम्म र स्वतन्त्र र छुटेका दललाई ३:३० बजेदेखि ५:०० बजेसम्मको समय छुट्याइएको छ ।
निर्बाचन आयोगले भोली बिहान १० बजे देखि साँझ ५ बजे सम्म मनोनयन दर्ताका लागी समय तोकेको छ ।
यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे अनुसार कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १७ गते उम्मेदवारको विरोधमा उजुरी, १८ गते उजुरीउपर जाँच र उम्मेदवारको नामावली प्रकाशन, १९ गते नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँचीमा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 
भोली मनोनयन दर्ता गर्ने तयारी गरेका राजनीतिक दलहरुका उम्मेदवारहरु 
भोली जिल्लामा नेपाली कांग्रेस,  वाम गठबन्धनका नेकपा एमाले – माओवादी केन्द्र गठबन्धन र राष्ट्रिय जनमोर्चा लगायतका निम्न उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै छन्:- 
नेपाली कांग्रेस:-

                                        
डा. रामबहादुर बिसी                                       बिष्णु मुस्कान                                                   हिम्मत टण्डन
प्रतिनिधि सभा                                                 प्रदेश सभा क्षेत्र नं. १                                        प्रदेश सभा क्षेत्र नं. २
एमाले – माओवादी केन्द्र गठबन्धन
                                                       
टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र) |             चेतनारायण आचार्य ( एमाले)                      रामजीप्रसाद घिमिरे ( एमाले)
प्रतिनिधि सभा                                                         प्रदेश सभा क्षेत्र नं. १                                              प्रदेश सभा क्षेत्र नं. २
राष्ट्रिय जनमोर्चा 

                                           
शेर बहादुर बिसी                                                   सागर के.सी.                                               झबिलाल थापा
प्रतिनिधि सभा                                                       प्रदेश सभा क्षेत्र नं. १                                      प्रदेश सभा क्षेत्र नं. २
विवेकशील साझा पार्टी
हरिप्रसाद भुसाल 
प्रदेश सभा क्षेत्र क्षेत्र नं. १(क)
मतदाता संख्या १,३८,३२७ जना
अर्घाखाँची जिल्लामा  प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २७ जनाले मतदान गर्न पाउँने भएका  छन् ।  एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने  छन् । 
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका  छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् । जिल्लामा स्थानिय तहको निर्वाचन पछि मतदाता बाहृ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

जिल्लामा निर्वाचन क्षेत्र निर्धारण 
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 

अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका 

अन्य समाचारहरु