अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मनोनयन दर्तालाई भव्य रुपमा सम्पन्न गर्न उपस्थितीका लागि विवेकशिल साझा पार्टी अर्घाखाँचीले नेता कार्यकर्ता तथा सुभेक्क्षुकहरुमा अपिल गरेकाे छ ।
मनोनयन दर्ता गर्ने दिन आज बिहीबार २ बजे विवेकशील साझा पार्टी कार्यालयमा उपस्थित हुन पार्टीले अाग्रह गरेकाे हाे ।
नेपाली जनताले विवेकपुर्ण ढंगले अाफ्ना प्रतिनिधि चुन्ने निर्वाचन महान पर्व भएकाले उल्लासमयरुपमा मनोनयन कार्यक्रमलाई सफलपार्न सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरुमा आग्रह गरिएको पार्टीका निर्वाचन प्रचार समितिका संयाेजक पवन बन्जाडेद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
विवेकशिल साझा पार्टीले अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यकाे लागि विष्णु प्रसाद मिश्र र प्रदेश सभा क्षेत्र नम्बर १ को लागि हरि प्रसाद भुुसाललाई प्रत्यक्ष तर्फबाट अगाडि सारेकाे छ ।
प्रतिनिधिसभा सदस्य उम्मेद्वार विष्णु प्रसाद मिश्र (बाँया) र प्रदेश सभा क्षेत्र नम्बर १ उम्मेद्वार हरि प्रसाद भुुसाल