अर्घाखाँचीमा कांग्रेसका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराए (भिडियो तस्बिर सहित)


प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका उम्मेद्द्वारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा डाक्टर राम बहादुर बिसी, प्रदेश सभा क्षेत्र नम्बर १ मा काङ्ग्रेस अर्घाखाँचीका पार्टी सभापति बिस्णु प्रसाद खनाल मुस्कान, प्रदेश सभा क्षेत्र नम्बर २ मा नेता हिम्मत टन्डनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका हुन् ।
उम्मेद्ववारी दर्ताका लागि हजारौं जनसमर्थकहरुको उपस्थित रहेको थियो । यस्तै दर्ता कार्यक्रममा प्रदेश सभा अन्तर्गत समानुपातिक उमेदवार निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, छत्रदेब गाउपालिकाका प्रमुख लेखनाथ पोख्रेल, पाणिनी गाउँपालिकाका प्रमुख अच्युत गौतमको समेत उपस्थिती रहेको थियो ।
मनोनयन दर्ताको लागि नेपाली कांग्रेस ११ बजेदेखि १२:३० बजेसम्म समय दिईएको थियो ।

अन्य समाचारहरु