अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारीले मनोनयन दर्ता गराए (भिडियो तस्बिर सहित)


बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा राष्ट्रिय जनमोर्चाका उम्मेद्द्वारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा शेर बहादुर बिसी, प्रदेश सभा क्षेत्र नम्बर १ मा सागर के.सी., प्रदेश सभा क्षेत्र नम्बर २ मा झबिलाल थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका हुन् ।
उम्मेद्ववारी दर्ताका लागि हजारौं जनसमर्थकहरुको उपस्थित रहेको थियो । यस्तै दर्ता कार्यक्रममा जिल्ला र केन्द्र स्तरिय नेताहरुको उपस्थिती रहेको थियो ।
मनोनयन दर्ताको लागि राष्ट्रिय जनमोर्चालाई  १२:३० बजेदेखि १:३० बजेसम्म समय दिईएको थियो ।

अन्य समाचारहरु