अर्घाखाँचीमा एमाले – माओवादी केन्द्र गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराए (भिडियो तस्बिर सहित)
कार्तिक १६ गते, २०७४ मा प्रकाशित
प्रदिप नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमाले – माओवादी केन्द्र गठबन्धनका उम्मेद्द्वारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
एमाले – माओवादी केन्द्र गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र), प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य ( एमाले), प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजीप्रसाद घिमिरे ( एमाले)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका हुन् ।
उम्मेद्ववारी दर्ताका लागि हजारौं जनसमर्थकहरुको उपस्थित रहेको थियो । यस्तै दर्ता कार्यक्रममा जिल्ला र केन्द्र स्तरिय नेताहरुको उपस्थिती रहेको थियो ।
मनोनयन दर्ताको लागि एमाले त माओवादी केन्द्र गठबन्धनलाई १:३० बजेदेखि २:३० बजेसम्म समय दिईएको थियो ।