फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आफनै सहकर्मी तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी विरुद्ध प्रतिनिधी सभामा बागी उम्मेदवारी दिने घोषणा गरेका केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) ले बिहिबार उम्मेदवारी मनोनयन दर्ता गरेनन् । साथै स्रोत अनुसार खड्काले वाम गठबन्धनलाई सहयोग नगर्ने भएका छन् ।
जिल्लामा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनका उम्मेद्द्वारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गराए पनि खड्का देखा परेनन् । बिहिबार दिनभर घरमा भूमिगत बसी आफ्नो जीवनको पृष्ठभुमि र त्यागको श्रृङ्गखला लेखेका छन् । उक्त पृष्ठभुमि र त्यागको श्रृङ्गखला निरन्तर फेसबूक मार्फत पोस्ट गरेका छन् । उनले लेखेको पृष्ठभुमि र त्यागको श्रृङ्गखलामा यी त्यागहरुको संश्लेशीत अन्तिम त्याग आजको प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य मनोनयन भनेर असन्टुष्टी व्यक्त गरेका छन् ।
साथै स्रोत अनुसार केही दिन देखि टोप बहादुर रायमाझीले खड्कालाई मनाउन ठुलो प्रयास गरे स्वरुप उनले उम्मेदवारी मनोनयन दर्ता नगरेका हुन् । तर रायमाझी विरुद्ध खड्काको असन्टुष्टीमा कुनै लचकता देखिएको छैन् ।
बिहीवार दिउसो १:३० बजेदेखि २:३० बजेको बिचमा एमाले – माओवादी केन्द्र गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र), प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य ( एमाले), प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे ( एमाले)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका थिए । मनोनयन दर्ता गर्न टोप बहादुर रायमाझीले आफ्नी श्रीमती सिमा रायमाझी सहित परिवारलाई संगै लिएर गएका थिए । यस्तै सन्धिखर्कका उपमेयर ठाकुर कुमार बिक लगायत सहभागी थिए ।
यस्तै मनोनयन दर्ताका क्रममा एमाले भन्दा माओवादी केन्द्रका समर्थकहरु न्युन देखिन्थ्यो । दुई पार्टीको संयुक्त जुलुशमा एमालेको सुर्य अकित झन्डा मात्र बढी देखिन्थ्ये ।
यस अघि खड्काले आफु माथी स्थायी रुपमा रायमाझीले अन्याय गरेकाले रायमाझीको विरुद्ध उम्मेदवारी दिन लागेको बताएका थिए । खड्काले फेसबुक पेजमा समेत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले मनोनयन दर्ता गर्ने स्टाटस लेखेका थिए । उनले बामगठन्धनका विरुद्ध भने उम्मेदवारी नभएको स्पष्ट पारे पनि उम्मेदवारी मनोनयन दर्ता गरेनन् । खड्काले यस असन्टुष्टीलाई केन्द्रमा पुष्पकमल दाहाल प्रचन्डसम्म पुर्याए पनि कुनै सुनुवाई भएको थिएन । स्रोतका अनुसार उनले राजनीतिकबाट सन्यास लिने सम्मको मनस्थिती बनाएको बताइएको छ ।
झण्डै १० वर्ष अर्घाखाँचीमै बसेर नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जको रुपमा काम गरेका खड्का अर्घाखाँचीमा प्रभावशाली नेताका रुपमा चिनिछन् । उनी २०४४ साल देखी राजनिती गदै आएका हुन् । शिक्षक र भेटनरी प्रावधिकको स्थायी जागिर छोडेर राजनितीमा लगेका थिए । ५१ सालको बागीको गाविसको उपाध्यक्ष बाहेक सार्वजनिक पद हाल सम्म लिएका छैनन् ।
प्रदेशसभाका लागि अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले निर्विरोध रुपमा खड्काको मात्र नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो । वर्षौ देखी स्थायी रुपमा रायमाझी आफु माथी अन्याय गरेकाले यसपटक न्यायको लागी उम्मेदवार दिने खड्काले बताएका थिए । माओवादीको संगठन नै धरापमा पर्ने गरी प्रदेससभाका लागि दुईवटै क्षेत्र एमालेलाई दिनेगरी रायमाझीले निर्णय गरेपछि उनले उम्मेदवारी दिने बताएका थिए । माओवादीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै उनी अहिले केन्द्रीय सचिवालय सदस्य पदमा छन् ।
बागी उम्मेदवार नदिएर मौन बसेका खड्काले आफ्नो जीवनको पृष्ठभुमि र त्यागको श्रृङ्गखला यस्तो लेखेका छन् :-
पृष्ठभुमि र त्यागको श्रृङ्गखला – भाग १-
—————
म अत्यन्तै गरिब परिवारमा जन्मिएको ८ भाइ बहिना मध्यको जेठो छोरा बाबाले पत्थरकोटबाट भारी बोकेर मलाई एसएलसिसम्म पढाउने र भाइ बहिनीलाई पाल्ने हुर्काउने गर्नु हुन्थ्यो।बाबा आमाको सपना जेठो छोरो लाई यनकेन एसएलसी गराउन सकियो भने जागीर पाउला अनि भाइ बहिना पढाउला हामीलाई राहत देला भन्ने थियो तर सोच र सपना बिपरित मैले लिएको बाटो तर मलाई कत्तिपनि अपसोच र पस्चाताप नभएको सामाजिक राजनीति बाटो याहा सम्मको त्यागको श्रृङ्गखला बाट जानकारी गराउन चाहान्छु———————
– म २०३४ सालमा ७ कक्षामा पड्दै गर्दा दाजु देब बहादुर खड्काले राजनैनिक class मा भुमिगतरुपमा लैजान लाग्नु भयो र कम्युनिस्ट ब्यबस्था प्रती आकर्षण पैदा हुँदै गएर राजनीति गर्ने उत्साह जागेपछी त्यतै तिर निर्देशित भए।
–२०३७ सालमा जनमत संग्रहको चुनावका हस्तलिखित पर्चा टास्नको लागि मलाई खनदह जिम्मा दिइयो,म राती ९ बजे घरबाट एक्लै १ घन्टाको बाटो हिडेर खन देउराली एउटै क्लासमा पढने साथिकोमा पुगेर भुससितको मकैको रोटी खाएर२ साथि भएर दह आदर्श निमाबी (तत्कालीन )मा पोस्टर टासेर फर्किदा बजारमा तेतिबेलाका पन्चेहरुले चाल पाएर हामिलाइ चोर चोर भन्दै लखेट्न थालेपछि बजारको पुर्बको भिरबाट तल झरियो दिउसोमा पनि हिड्न नसकिने त्यो भिरबाटसम्योगले खोला सम्म सकुशल त झरियो तर २ साथी छुटियो,साथिको घर जाने बाटो थाहा नभएकोले म रातारात घरमा पुगे ————————————-
–०३८ सालमा एसएलसी पास गरे ०३९ सालमा प्राबी शिक्षक स्थायी भए ।
—०४१ सालमा सहिद चीनियामान काजिको स्मृति जुलुस सभामा सहभागी भएपछि बिध्यालय सन्चालक समितिले निस्कासन गर्यो तिमी त कम्युनिस्ट रहेछौ भनेर।
—- बिचका धेरै उतार चडाब पछि छात्रवृत्तिमा भेटेनरी जेटिए पढ्न काठमाडौ गए १५ महिने त्यो अध्ययनको क्रममा मेघालय बिरोधि आन्दोलनमा टोपबहादुर ,देबेन्द्र पौडेल ,बिन बहादुर,परि थापा को नेतृत्वमा लगातार सहभागी हुने गरियो,सोही क्रममा आर आर क्याम्पसमा भर्ना भएर विद्यार्थी राजनीति गर्दै स्वबियु चुनाव पनि लडे।
—०४४ सालमा भेटेनरी पास गरेर बागलुङ नियुक्ति लियर गएपछी ०४६ को आन्दोलनलाई समर्थन गरे बापत नम्बर वाला मन्डलेहरुले भौतिक आक्रमण गरे।
—-०४८ सालमा कर्मचारी आन्दोलनको नेतृत्व गरेको कारण तत्कालीन गिरिजा सरकारले निष्कासन गर्यो।
—-०४९ सालको स्थानीय चुनावमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट गाबिस उपाध्यक्षमा निर्बाचित भएर राजनीति सामाजिक सेवामा समर्पित भैयो।बिचमा एमालेको ९ महिने सरकारले कर्मचारी पुनरबहाली गर्दा म गयिन किनकी म पार्टीको पुर्नकालिन भै सकेको थिय।
—-०५२ देखि ०५५ सम्म खुला रुपमै जनयुद्धको प्रचारमा लागियो।
—०५५ सालमा किमडाडा पकलेमा विद्यार्थी सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेर ४ जना गिरफ्तार गर्यो हामी नेताहरु थोरै बाहिर थियौं ,मैले अरु साथीहरू शीत यी साना विद्यार्थी मात्रैलाई पठाउदा राम्रो सन्देश जादैन भनेर स्व गिरफ्तारी दिय।
— सो क्रममा म उज्ज्वल,सीता घिमिरे ,ठाकुर बिक,राजेन्द्र जिसि,लक्षमण खड्का ४ महिना हिरासत जेल बसेर धरोटमा रिहा भयौं ।
पृष्ठभुमि र त्यागको श्रृङ्गखला – भाग २
— म चन्द्रबहादुर खड्का ( उज्ज्वल ), ठाकुर कुमार बिक ( किसोर), सहिद उमाकान्त खनाल ( कल्याण ) को जीवन संगीनि सीता घिमिरे( सिमा), हाल एभरेस्ट होटल सन्चालक,सनपा १० का पार्टी अध्यक्ष राजेन्द्र जिसि,,मेरो राजनैतिक गुरु देब बहादुर खड्का ( मेरो दाजु) को छोरा लक्षमण खड्का भैरहवा जेलबाट अञ्चल अदालत बुटवलको आदेसमा धरोटमा रिहा त गर्यो,तर बाहिर प्रहरी हरु पुन गिरफ्तारको निम्ति तैनाथ भएपछी केही वकिल,बुद्धिजीवी , पार्टी समर्थक ( जसको अहिले नाम उल्लेख गर्नु उचित हुदैन) ले अदालतको पछाडिबाट हामीलाई फरार गराउनु भयो।
— सोही दिन देखि हामि ५ चै जना भुमिगत भयौं ।
— भुमिगत रुपमै म विभिन्न तहको नेतृत्वमा रहेर संघसंगठनका काममा सकृय रहदै अगाडि बडियो।
— त्यति बेलासम्म अर्घाखाँचीका प्राय सबै सेल्टर समाप्त भइ सकेका थिय अर्घाका सिमित र बागिमा सेल्टर बनाएर गुल्मिमा पार्टीले दिएको जिम्मेवारी अनुसार सम्पर्क समेत नभएको जिल्लामा क. कल्याण र म खटियो र त्यसकै जगबाट आजको गुल्मी भएको छ।
—-विभिन्न फौजी कार्बाहिमा महत्त्वपूर्ण जिम्मा कुनै कसर बाकी नराखी पूरा गरियो।बिस्तृत उल्लेख गर्न अहिले जरुरी ठान्दैन।
—-०५९ सालमा सन्धिखर्क सदरमुकाम आक्रमण गर्नुअगाडी सिनियर नेताहरूको निर्देशनमा सबै परिबारलाई भुमिगत गराइयो।
—– जीवन संगीनि , लोअर क्लास्मा पढ्ने छोरा छोरी सबै भुमिगत राजनितिमा,७/८ क्लासमा पड्ने साना छोराछोरी पटक पटक गिरफ्तारी र तारेखमा,बाध्य भएर भुमिगत।
—- घरमा भएका बुबा आमा सरकारि आतंक ,गिरफ्तारीबाट प्रताडित ।
—-मोटामोठी कुरा मात्र उल्लेख गरेको छु बिस्तृत अन्य कुनै सन्धर्भमा।
यी त्यागहरुको संश्लेशीत अन्तिम त्याग आजको प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य मनोनयन ।
—————————————————————————–मैले केही समय यता सार्वजनिक रुपमा दिएको प्रतिक्रिया प्रति सकारात्मक सहानुभूति प्रकट गर्ने नेता,सहयोद्धा,पत्रकार मित्रहरू,कार्यकर्ता साथीहरू मतदाताहरु,सुभेक्स्छुकहरु साथै सबै प्रति हार्दिक आभार एबम धन्यवाद ।
—————————————————————————
— मेरो पछिल्लो परिस्थिति,प्रतिक्रियामा खुशी मनाउने नकारात्मक टिप्पणी गर्ने दोस्तहरुप्रति सादुबाद।