विधुत प्राधिकरण अर्घाखाँचीको लापरवाहीका कारण सन्धिखर्ककाे बिहार मान्द्रे बजारमा बिजुलीको पाेल ढलेर आगलागी

अर्घाखाँचीडट्कम संवाददाता 
बिहार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० बिहारकाे मान्द्रे बजारमा जिर्ण अबस्थामा रहेका बिजुलीको पाेल ढलेर खेत दाही लगाई रहेकाे अवस्थामा परालमा आगलागी भएको छ । बिजुली पाेल ढलेर कुनै मानवीय क्षति भएको छैन् । 
बिहारकाे मान्द्रे बजारमा विद्युत् आपूर्तिको लागि लगिएको पोल शुक्रबार दिउसो एक्कासी बिजुली पाेल ढलेको थियो । खेतमा काम गरिरहेका स्थानिय किसानहरु नजिक नहुँदा कुनै दुर्घटना हुन नपाएको हो । 
आगलागी भएको केही समयपछि  स्थानियबासीले आगो नियन्त्रणमा लिएका थिए । बिजुलीको पोल एक्कासी ढल्न थालेपछि पैदल यात्रु तथा वरपरका सर्वसाधारण त्रसित बनेका छन् । आगो नियन्त्रणमा अाए पनि सो क्षाेत्रकाे विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाको चरम लापरवाहीका कारण दुर्घट्ना भएको भन्दै आक्रोसित भएका छन् । बारम्बार जानकारी गराउदा पनि पोल फेर्न नमान्दा यस्तो दुर्घट्ना भएको उनिहरुको भनाई छ ।  
अर्घाखाँचीमा नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाको चरम लापरवाहीका कारण सेवाग्राहीहरुले सास्ती व्यहोर्नु आएका छन् । नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाका कर्मचारीहरुबाट वर्षौ देखि  सेवाग्राहीहरुले विभिन्न सास्ती व्यहोर्नु परेको छ । जिल्लाका कयौ ठाउँमा तार जोडे पनि बिजुली लाईन नजोड्ने गरेको देखिन्छ । ढल्न थालेका, तार जोडीन थालेका बिजुली लाईन समेत मर्मत सम्भार नगरेको देखिन्छ । 
जिल्लाका कयौ ठाउँमा रुख घासले बिजुलीका तार छोएको देखिएता पनि नेपाल विधुत प्राधिकरण अर्घाखाँचीका कर्मचारीले व्यवास्ता गर्दै आएका छन् ।  
यस्तै बत्ती नाउदा वा खराब हुँदा प्राधिकरण कार्यालय फोन गर्दा कर्मचारीले फोन नै नउठाउने उठाए  पनि सेवाग्राहीहरुका समस्यालाई व्यवास्ता गर्ने गर्दछन् ।

अन्य समाचारहरु