अर्घाखाँचीमा बाम गठबन्धनद्दारा कार्तिक २३ देखि मंसीर १८ गते सम्मका चुनावी सभा तथा भेटघाट कार्यक्रम सार्वजनिक (जिल्लाभरका कार्यक्रम सुची सहित)

कमल विष्ट
सन्धिखर्क, अर्घाखाँची (कार्तिक १७) । उमेदवारी दर्ता सँगै अर्घाखाँचीका राजनितीक दलहरु चुनावी रणनिति बनाउनमा व्यस्त भएका छन् । दलहरुले जिल्ला स्तरमा बैठक बसी चुनावी कार्यक्रम र योजना निर्माण गरीरहेका छन् । उनिहरुले प्रचारको काम लाई व्यबस्थित गर्न बिभिन्न समिती तथा उपसमितीहरु निर्माण गरेका छन् । 
जिल्लामा पहिलो पटक वामपन्थी गठबन्धनले आफ्नो चुनावी कार्यक्रम सार्वजनीक गरेको छ । गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी मंसीर २१ को प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव लक्षीत कार्यक्रम सार्वजनिक गरेको हो ।
वाम गठबन्धनले माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको संयोजकत्वमा ३७ सदस्यीय निर्बाचन परिचालन समिति को निर्माण गरेको छ । समितिमा एमाले र माओवादीका केन्द्र तथा जिल्ला स्तरका नेताहरु रहेका छन् । 
समितीको सहसंयोजकमा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ,सचिबमा एमाले जिल्ला सचिब रामबहादुर चौहान तथा सदस्यमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वल,बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.१ का उमेदवार तथा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य, बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.२ का उमेदवार तथा एमाले पूर्व जिल्ला अध्यक्ष रामजी प्रसाद घिमीरे,पूर्व सांसद द्वय डा.डिल्लीराज खनाल,डा.दुमन सिंहथापा,एमाले नेताहरु बुद्धि बहादुर रायमाझी,लक्ष्मण रायमाझी ,नरेन्द्र कुमार क्षत्री,पिताम्बर भुसाल,जिबनारायण कोईराला,प्रेमनारायण गैरे,बुद्धिराम भुसाल,जनार्दन खनाल,कुटम दिन अली,माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बि.क.,सहसंयोजक द्वय तोजबहादुर रायमाझी,छमकुमारी खनाल,नेताहरु राजेन्द्र भुसाल,रामलाल पराजुली लगायत छन् । 
वाम गठबन्धनले बिभिन्न अन्य समिति हरुको समेत निर्माण गरेको छ । जसअनुसार माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वलको संयोजकत्वमा ५ हजार १ सय ५१ सदस्यीय चुनाव प्रचार समिति बनाईएको छ । समितिको सहसंयोजकमा एमाले जिल्ला उपाध्यक्ष जिबनारायण कोइराला छन् । यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ को संयोजकत्वमा ७ सदस्यीय अधिकार सम्पन्न अनुगमन समिति गठन गरीएको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वल छन् । अन्य समितीमा आर्थिक समितिको संयोजक पिताम्वर भुसाल,सहसंयोजक ठाकुर कुमार बि.क.,प्रचार सामग्री उत्पादन तथा बितरण समितिको ,संयोजक ठाकुर कुमार बि.क र सहसंयोजकमा पे्रमनारायण गैरे,युवापरीचालन समितीको संयोजक रामबहादुर चौहान र सहसंयोजक तोज बहादुर रायमाझी,संचार समन्वय समितिको संयोजकमा हिमबहादुर जि.सी.लेकाली र सहसंयोजकमा गणेश खनाल रहेका छन् ।
वाम गठबन्धनले कार्तिक २३ गते देखी मंसीर १८ गते सम्मका चुनावी सभा तथा भेटघाट कार्यक्रम समेत सार्वजनीक गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्वलको अध्यक्षता र एमाले सचिब रामबहादुर चौहानको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी,एमालेका केन्द्रीय सदस्य नजिर मियाँ, बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.१ का उमेदवार तथा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य, बाम गठबन्धन प्रदेश सभा क्षेत्र नं.२ का उमेदवार तथा एमाले पूर्व जिल्ला अध्यक्ष रामजी प्रसाद घिमीरे लगायतका बक्ताहरुले मन्तव्य राख्दै मुलुकको राष्ट्रीय अखण्डताको रक्षा,आर्थिक सम्बृद्धि,दिगो बिकास र राजनितीक स्थिरताको लागि बापन् सरकारको खाँचो औल्याए ।
जिल्लाभर कार्तिक २३ गते देखी मंसीर १८ गते सम्मका हुने चुनावी सभा तथा भेटघाट कार्यक्रम विवरण:-
प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र नम्बर १ र २ मा हुने चुनावी सभा तथा भेटघाट कार्यक्रम
प्रदेश सभा क्षेत्र नम्बर १ मा हुने चुनावी सभा तथा भेटघाट कार्यक्रम
प्रदेश सभा क्षेत्र नम्बर २ मा हुने चुनावी सभा तथा भेटघाट कार्यक्रम

अन्य समाचारहरु