प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची, १७ कात्तिक । अर्घाखाँचीबाट प्रतिनिधी सभाको लागी मनोनयन दर्ता गरेका उम्मेद्धवारहरुले जिल्लालाई सम्बृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
अर्घाखाँचीमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभामा उम्मेदवार दिएका डा. रामबहादुर विसीले जनताको स्वास्थ्य क्षेत्रको बिकाश गर्नको लागी पर्ने र सांसदको तलबबाट आउने पैसा क्यान्सर रोगीहरुलाई लगानी दिने बताएका छन ।
विकाश गर्नको लागी उम्मेद्धवार भएर आएको हुदाँ जिल्लाको विकासको लागी निरन्तर लाग्ने र नमुना जिल्ला बनाउने अभियानमा लाग्ने छु । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ती खोजेको ले मैले जितने निश्चित छ विसीले भने ।