अर्घाखाँचीमा २ जनाले उम्मेदवारी फिर्ता लिए, बाम गठबन्धनलाई समर्थन गर्ने (अब चुनावमा प्रतिस्पर्दा गर्ने उम्मेदवारहरुको विवरण सहित )


गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची कात्तिक १९  (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुने गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि अर्घाखाँचीमा मनोनयन दर्ता गरेका मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आज  नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीको तालिका अनुसार प्रतिनिधि सभाको लागि मनोनयन दर्ता गरेका राष्ट्रिय जनमोर्चाका उम्मेद्वार शेरबहादुर बिसी र प्रदेश सभा  संसदको निम्ति बाट स्वतन्त्र उम्मेदवार रोमाहर्ष खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । 
तर राष्ट्रिय जनमोर्चाका   प्रदेश सभा क्षेत्र नं. १  सागर के.सी.  र प्रदेश सभा क्षेत्र नं. २ मा झबिलाल थापाको उम्मेद्वारी यथावत रहेको छ । 
बाम गठबन्धनलाई समर्थन गर्न उम्मेदवारी फिर्ता
राष्ट्रिय जनर्मोचाबाट प्रतिनिधीसभामा उम्मेदवारी दिएका शेर बहादुर विसीले बामपन्थीका उम्मेदवार टोप बहादुर रायमाझीलाई समर्थन गर्न उम्मेदवारी फिर्ता फिर्ता लिएको बताए ।  केन्द्रिय कार्यालयको सहमति अनुसार रायमाझीलाई समर्थन गदै उम्मेदवारी फिर्ता लिएको विसीले बताए । 
अब आफू र आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा बाम गठबन्धनका उमेदवार टाेपबहादुर रायमाझीलाई सघाउने समेत जानकारी दिदै, केन्द्रमा प्रदेश सभाको विषयमा समेत सहमतिको प्रयास भइरहेको उनले बताए ।  
आफुहरु उम्मेदवारी पार्टीले दिएकाले पार्टी केन्द्रको निर्देशन अनुसार अगाडी बढ्ने राजमोका जिल्ला अध्यक्ष झवि थापाले बताए । प्रदेशका लागी छलफल भएकाले सकारात्मक परिणम आउने बामगठबन्धनको आशा रहेको छ उनले भने । 
  
यस अघिका सविधान सभा निर्वाचनमा क्षेत्र नं. २ बाट शेरबहादुर बिसी आफ्नो उम्मेद्वारी दिएका थिए । 
यस्तै प्रदेश नम्वर १ मा उम्मेदवार दिएका माओवादीका बागी उम्मेदवार रोमाहर्ष खनालले पनि बामपन्थीका साझा उम्मेदवार चेतनारायण आचार्यलाई सर्मथन गदै उम्मेदवारी फिर्ता लिएका छन् ।  आचार्यलाई समर्थन गदै आफनो उम्मेदवारी फिर्ता लिएको खनालले जानाकारी दिए । 
खनालले दिउसो १२ बजे उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता हुने समय दिउसो १ बजे सम्म रहेको थियो । 

अब चुनावमा प्रतिस्पर्दा गर्ने उम्मेदवारहरुको विवरण यस प्रकार छ:- 
प्रतिनिधि सभा 
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १ 
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) सागर के. सी ( राष्ट्रिय जनमोर्चा )
(४) दिपक कुँवर ( राष्ट्रिय प्रजातन्त्र पार्टी )
(५) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(६) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२   
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा ( राष्ट्रिय जनमोर्चा )
(४) अम्मर बहादुर थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी )
(५) बिना सुनार (नेकपा  माले )
(६) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(७) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )

अन्य समाचारहरु