अर्घाखाँचीडट्कम संवाददाता
ठाडा,अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा जनप्रतिनिधिहरूका लागि खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
सुअाहारा तथा लुम्बिनी सामाजिक विकास केन्द्रले आयोजना गरेको अभिमुखीकरण तालिममा सुआहारा सरसफाई जिल्ला संयोजक विजया शर्मा, लुम्बिनी सामाजिक विकास केन्द्र फिल्ड संयोजक पुर्णिमा राना, फिल्ड सुपरभाईजर चिरन्जीवी बेल्बासे लगाएतले तालिमको सहजीकरण गरे ।
कार्यक्रममा शितगंगा नगरपालिकाका ५ र ६ वार्ड लाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष्य अनुसार जनचेतनाको कमी, अशिक्षित भएकाले सरसफाईको कार्यक्रमलाई नगरपालिकाबाट कुनै कसुर बाकी नराख्ने नगरपालिका मेयर सुर्यप्रसाद अधिकारीले बताएका थिए ।