शितगंगा नगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण

घनश्याम पौडेल हिन्दुखबर
ठाडा,अर्घाखाँची   ।  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले शितगंगा नगरपालिकालाई मंगलबार स्वास्थ्य संस्था हस्तान्तरण गरेको छ । 
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य संस्था प्रमुख जगन्नाथ तिवारीले सितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीलाई संस्था हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य संस्था बुझदै नगरप्रमुख अधिकारीले नगरपालिकाका सवै वडाहरुमा औषधी अभाव हुन नदिने बताए, सितगंगामा गरिवी धेरै भएकाले औषधी अभावबाट कोही बन्चीत हुनु पर्र्दैन उनले भने ।
प्रमुख डा. जगन्नाथ तिवारीले नगरपालिकाका प्रत्येक वडाका स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधी अनिवार्य राख्न नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख ऋषि पुलामी, ७ का वडा अध्यक्ष मोहन पन्थी, डा. प्रसन्न बहादुर आमात्य, सितगंगा स्वास्थ्य संयोजक कृष्णप्रसाद पौडेल, कालीका भण्डारी, रामप्रसाद गौतम लगाएतले मन्तव्य राखेका थिए । 
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिकामा स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ ।

अन्य समाचारहरु