पाणिनी गाउँपालिकाको धातिवाङ्गमा कांग्रेसको आमसभा सम्पन्न, आफ्नो जितलाई कसैले रोक्न नसक्ने डा. विसीको भनाई

प्रेमनारायण आचार्य
धातिवाङ्ग, अर्घाखाँची २२ कात्तिक । नेपाली कांग्रेसबाट प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसीले जती गठबन्धन भएपनी जनता कसैका पेवा हुन नसक्ने भएकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । 
पाणिनी गाउँपालिका ६ धातिवाङ्ग वडाले गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता विसीले मानिसलाई कुनै रोग लागेपनी सवैभन्दा महत्वपुर्ण स्वास्थ्य रहेकाले जनताको स्वास्थ्यको उपचारमा अहिलेसम्म कुनै कसुर बाकी नराखेको र अव पनी जनताको सेवाका लागी खटिरहने बताउँनुभयो । 
प्रदेश सभाका उम्मेदवार हिम्मत बहादुर टण्डनले अत्यन्त सक्रिय भएर जनताको घरघरमा गएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउँन अपिल गर्नुभयो । उहाँले  बामगठबन्धनबाट बनेका उम्मेदवार रामजी घिमिरे आफुले पढाएको विद्यार्थी भएकाले उहाँको पालो फेरी पनी आउँने भएकाले अहिले एकपटक आफुलाई जिताउँनका लागी सवै लाग्न आग्रह गर्नुभयो ।
क्षेत्रीय सभापती अच्युत गौतमले पाणिनी गाउँपालिकालाई समृद्ध बनाउँन प्रतिनिधी र प्रदेश सभामा नेपाली कांग्रेसलाई विजयी बनाउँन सवै आजबाट लाग्न आग्रह गर्नुभयो । 
महासमिती सदस्य यादवप्रसाद घिमिरे, पालीका सभापती यज्ञ पौडेल, वडा अध्यक्ष शुभबहादुर सारु लगाएतले नेपाली कांग्रेसलाई जिताउँन सवै लागीपर्नु पर्ने बताए ।  
कार्यक्रम धातिवाङ्ग वडा सभापती शोभाखबर पौडेलको अध्यक्षता, महिला संघ जिल्ला सदस्य जानका पौडेलको स्वागत र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै आज नै पाणिनी गाउँपालिका ८ पालीमा पनी कांग्रेसको कोणसभा सम्पन्न भएको छ।

अन्य समाचारहरु